0
गोल्डेन न्यूज संवाददाता
एमाओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कास्कीले २०औं जिल्ला सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको  छ। सम्मेलनको तयारीलाई तीव्ररुपमा  अघि बढाइएको र अन्तिरम चरणमा पुगेको अखिल (क्रान्तिकारी) कास्कीका अध्यक्ष कृष्णराज दाहालल बताए । सम्मेलनलाई पुस ११ गते इन्जिनियरिङ अध्ययन संस्थान लामाचौरमा एमाओवादी महासचिव एवम् पूर्व गृहमन्त्री कृष्णबहादुर महराले उद्घाटन गर्नेछन्। सम्मेलनमा ३०० जना प्रतिनिधि÷पर्यवेक्षक सहभागी हुने अखिल (क्रान्तिकारी) कास्कीका सचिव डेविड गुरुङले जानकारी दिए। गुरुङका अनुसार सम्मेलनमा अखिल क्रान्तिकारी कास्कीका पूर्व अध्यक्षहरुलाई सम्मान गरिने कार्यक्रम छ। सम्मेलनको पूर्वसन्ध्यामा क्रान्तिकारीले जिल्लाका अधिकांश उच्च मावि र माविहरुमा इकाई कमिटी गठन÷ पूनर्गठनको काम सम्पन्न गरेको दावी गरेको छ। क्रान्तिकारीले जिल्लामा चार टिम बनाएर अभियान संचालन गरेको क्षेत्र नं.–२ का संयोजक नारायण बडालले जानकारी दिए। बरालका अनुसार क्षेत्र नं.–१ मा सुशील लामिछाने, क्षेत्र नं.–२ मा नारायण बडाल, क्षेत्र नं.–३ मा ओमप्रकाश बराल र क्षेत्र नं.–४ मा लिलाधर आचार्यले संगठन निर्माण अभियानको नेतृत्व गरिरहेका छन्। संगठन निर्माणका अभियानकर्मीहरुले ‘नयाँ संविधानमा शिक्षालाई मौलिक हकको रुपमा व्यवस्था गरेको’ भन्दै अबको सम्पूर्ण ध्यान संविधान कार्यान्वयनमा दवाव दिनु रहेको बताएका छन्। ‘संविधानमा शिक्षा नीतिमा थुप्रै नयाँ कुरा आएका छन्। तर, कार्यान्वयन कसरी हुन्छ, त्यो मूख्य कुरा हो, त्यसका लागि हामी निरन्तर खवरदारी गर्छाैं’, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य अमरद्वीप पराजुलीले भने।

क्रान्तिकारीका जिल्ला अध्यक्ष दाहालले २० औं जिल्ला सम्मेलन अरु सम्मेलनभन्दा मौलिक र रचनात्मक हुने दावी गरे। ‘हामीले परम्परागत सम्मेलन गर्दै छैनौं। अखिल क्रान्तिकारीको संगठनलाई आजको स्थानमा ल्याउन योगदान गर्ने सबै पूर्व अध्यक्षहरुलाई सम्मान गर्दैछौं। त्यसैगरी प्रतिभा प्रष्फुटन र रचनात्मक कार्यक्रम पनि सम्मेलनका अङ्ग हुनेछन्। त्यसैले यो सम्मेलन अरुभन्दा रचनात्मक हुने विश्वास लिएका छौं’,–उनले थपे। दाहालले विभिन्न उपसमितिहरुले आफ्नो तयारी अन्तिम चरणमा पु¥याएको बताए। संगठन र इकाई निर्माण, प्रचार–प्रसार, आर्थिक संकलन, प्रतिवेदन लेखन र कार्यक्रम व्यवस्थापनको काम सकिएको उनले दावी गरे। क्रान्तिकारीले दक्षिणपन्थी अवसरवाद र फुटका विरुद्ध सशक्त संगठन, जनमूखी र समाजवाद उन्मूख शिक्षा प्राप्तिका लागि २० औं जिल्ला सम्मेलन नारा तय गरेको प्रचार समितिका संयोजक ओमप्रकाश बरालले जानकारी दिए।





Post a Comment

 
Top