0
 गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाईटीद्वारा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हाता भित्र रहेका बिरुवाहरुको गोडमेल कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपाल अन्तर्गत पोखरा स्थित लायन्स क्लबहरुले संयुक्त रुपमा गत जुलाई महिनामा अस्पताल हाता भित्र गरिएको बृक्षरोपणको लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाईटीले बुधवार गोडमेल कार्यक्रम सम्पन्न गरेको हो । गोडमेल कार्यक्रमको उद्घाटन गर्दै डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गर्भनर ध्रुव बहादुर थापाले बिरुवा रोप्नु मात्र नभई गोडमेल गरी बिरुवाको संरक्षण कार्य ठूलो रहेको बताए । यस कार्यमा डिष्ट्रिक्टको नयाँ महिलामात्रको क्लबको रुपमा रहेको गोल्डेन सोसाईटीद्वारा बिरुवा गोडमेल कार्यमा अग्रसरता देखाई राम्रो कार्य गरेको बताए । कार्यक्रममा एरिया चिफ को–अर्डिनेटर तीर्थलाल श्रेष्ठ, डिष्ट्रिक एड्भाईजर दिनबन्धु पौडेल, ट्री प्लान्टेशन कमिति चेयरपर्सन तीर्थ बहादुर बस्नेत, ब्लड डोनेशन कमिटी चियरपर्सन किशोर बराल, रिजन चियरपर्सन गौरवराज भण्डारी, जोन चेयरपर्सन द्वय चूडामणि बराल र कृष्ण बहादुर अधिकारी, लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारीका अध्यक्ष राजेश्वर आचार्य, पिस सिटीका अध्यक्ष टंकराज अधिकारी लगायतले गोल्डेन सोसाईटीद्वारा गरिएको कार्यको प्रशसा गरेका थिए । क्लबकी अध्यक्ष सीता बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष बिष्णु पराजुलीले स्वागत मन्तब्य र कार्यक्रम संचालन सचिव भवानी अधिकारी बरालले गरेका थिए ।


Post a Comment

 
Top