0
गोल्डेन न्यूज संवाददाता
परामर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको दोश्रो साधारण सभा शनिवार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले कुनै पनि सहकारीको सफलताका लागि सेयर सदस्य, कर्मचारी र संञ्चालक समितिको जिम्मेवारी उत्तिकै महत्वपूर्ण रहने बताए । एक जना मात्रै सेयर सदस्य, कर्मचारी वा सञ्चालक समिति सदस्यको लापरवाहिका कारण पुरै सहकारी नै धरापमा पर्ने हुँदा यसतर्फ सबै सचेत र जिम्मेवार बन्न उनले आग्रह गरे । सहकारीले उत्पादन मुखि क्षेत्रमा ऋण लगानी गर्नुपर्नेमा जोड दिदै तिवारीले त्यस्तो प्रकारको ऋण लगानीले सहकारी क्षेत्रमा आम नागरिकको विश्वास र आकर्षण बढ्ने उल्लेख गरे । सहकारीका अध्यक्ष प्रमोद लामिकछानेले सहकारीको वार्षिक प्रतिवेदन पेश गर्दै आफूहरुले साना तथा मझौला ब्यबसायमा गरेको लगानी र त्यसबाट सेयर सदस्यमा पुगेको फाईदा नै अफुहरुको गर्व बनेको उल्लेख गरे । भावी दिनमा सहकारीमा सेयरसदस्यहरुको संङख्या बढाउने, सेयर पुँजीमा बृद्धि गर्ने र अन्य उत्पादनमुखि क्षेत्रमा लगानी बढाउने तर्फ आफहुरुको ध्यान केन्द्रित भएको जानकारी दिए । त्यस्तै दिर्घकालीन आयआर्जन हुने वा सेयर सदस्यहरुलाई फाईदा पुग्ने लगानीका अवसरहरुको पहिचान गर्दै निवेदनका आधारमा शतप्रतिशत सम्म लगानी गर्ने भावि योजना पनि लामिछानेले प्रष्ट पारे ।  साधारण सभामा सहकारीका अध्यक्ष लामिछानेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्धिक प्रतिवेदन, लेखा समितिको आर्थि वर्ष ०७१–०७२ को वार्षिक प्रतिवेदन, सचिवको वार्षिक प्रगति प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो ।






Post a Comment

 
Top