0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिकाको कार्यकारी अधिकृतको रुपमा पुनः दोश्रो पटक पोखरामा अरुवा भई आएका झलकराम अधिकारीलाई टोलविकास संस्था नगर समन्वय समितिले शुक्रबार एक कार्यक्रमको आयोजन गरी स्वागत गरेको छ। नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा वोल्दै नगरपालिकाका प्रमुख झलकराम अधिकारीले आफूले अघिल्लो कार्यकालमा सुरु भएको तर पुरा हुन नसकेका योजनालाई पहिलो प्राथमिकतामा राखी कार्य गर्ने वताए । उनले टोलविकास संस्थाहरु भनेका नगरपालिकाका साँझेदार संस्था भएकोले नगरपालिकाले गर्ने हरेक विकास कार्यक्रममा टोलविकास संस्थाको अपरिहार्य सहयोग आवश्यक पर्ने भएकोले टोलविकास संस्थाहरुलाई अधिकार सम्पन्न संस्था वनाउन आफूले सक्दो सहयोग गर्ने वताए। नगरपालिकाका केही गैर जिम्मेवार कर्मचारीको कारण नगरपालिकाका सेवाग्राहीले दुःख पाएको वताउँदै आन्तरिक कार्य प्रणालीमा सुधारमा व्यापक कार्यहरु गरिने वताउँदै पोखराको वासिन्दा भएको नाताले पनि अन्य कार्यकारीहरुले भन्दा वढि जिम्मेवार भएका नगरवासीको सेवा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। पोखरा उपमहानगरपालिकाका १८ वडामा गठन भएका टोलविकास संस्थाहरु, आमा समुहहरु तथा महिला समुहहरुका अध्यक्ष तथा प्रतिनिधिहरुले कार्यकारी प्रमुख अधिकारीलाई स्वागत गरेका थिए। टोलविकास संस्था नगर समन्वय समितिका अध्यक्ष उज्ज्वल खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत प्रथम उपाध्यक्ष उत्तम जोशीले गरेका थिए । सहसचिव माया सुवेदीले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन सचिव प्रकाश पौडेलले गरेका थिए। यता, वडा नागरिक मञ्च पोखरा–९ को आयोजनामा स्थानीय वजेट विनियोजनमा वडा नागरिक मञ्चको पहुँच तथा निगरानी सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भयो। साथै सोही अवसरमा वडा नागरिक मञ्चका अध्यक्ष लेखुराम खतीको संयोजकत्वमा पाँच सदस्यीय वजेट कार्यान्वयन अनुगमन कार्य समिति गठन गरेको छ। समितिको सदस्यहरुमा ईन्द्रकमल मानन्धर, उत्तम जोशी, गंगाराज पौडेल र सरु श्रेष्ठ रहेका छन्। वडा सचिव लोकदर्शन कोईरालाको सहजीकरणमा भएको कार्यक्रमको संचालन सामाजिक परिचालक भावना श्रेष्ठले गरेकी थिईन।


Post a Comment

 
Top