0
गोल्डेन न्यूज संवाददाता
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारि १३औं पोखरा भेट्रान्स ओपन टेनिस प्रतियोगितामा आइतबार सम्म प्रि–क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् । आइतबार सम्पन्न ३५ वर्ष माथिको एकल प्रतिस्पर्धामा कमल भण्डारीले नविन श्रेष्ठलाई ६–१, ६–१ ले पराजित गरेका छन् । ३५ वर्ष माथिको डबल्समा अनिल तुलाचन र समिर शेरचनको जोडीले पृथ्वीमान गुरुङ्ग र दिल गौतमको जोडीलाई ६–२, ६–२ ले, निरेश श्रेष्ठ र धर्म शाहीले रामबहादुर विक र मनोज बस्नेतलाई ६–१, ६–१ ले, राजु श्रेष्ठ गोर्खा र चिरायु जंगबहादुर थापाको जोडीले सुवर्ण ढाक्वा र महेश श्रेष्ठलाई ३–६, ६–१ र १०–७ ले, चन्द्र शाही र गोपालदास मानन्धरको जोडीले तेन्जिङ शेर्पा र शिव सेढाइलाई ६–३, ६–४ ले पराजित गरे । श्रीराम मगरलाई जोडी बनाएका पोखरेली खेलाडी राजेन्द्र घिमिरे जोडीले पोखराकै बलियो जोडी कुमार गुरुङ्ग र सुरेश श्रेष्ठमाथि ६–२, ६–२ को सहज नतिजा निकाल्यो । अर्को खेलमा राजन पौडेल र निरज थापाको जोडीले चन्द्र लामा र वीरेन्द्र लामालाई ६–३, ६–३ ले पराजित गरे । त्यस्तै आत्माराम कार्की र देवेन गिरीको जोडीले रोहि सुनुवार र रोशन केसीलाई ६–२, ६–३ ले पराजित गरेका थिए । ४५ वर्ष माथिको एकलतर्फ प्रदिप शाहले काजि गुरुङ्गलाई ६–०, ६–१ ले, राजु श्रेष्ठ काठमाडौंले उत्तम बोगटीलाई एकोहोरो खेलमा ६–०, ६–० ले, समिर शेरचनले पदम गुरुङ्ग काइलालाई ६–१, ७–५ ले, सुसिल पाण्डेले विष्णु गैह्रेलाई ६–३, ७–६ ले तथा धरमबहादुर लामिछानेले अमृत कार्कीमाथि ६–१, ५–७ र सुपरटाईमा १०–७ को कठिन जित निकाले ।
४५ माथिकै डबल्समा धर्म शाही र सुवर्ण ढाक्वाले पोखराका उत्कृष्ट जोडी लोक गुरुङ्ग र सूर्य भुजेललाई ६–१, ६–२ ले पराजित गरे । यसअघि भुजेल जोडीले उत्तम बोगटी र सिजर गुरुङ्गको जोडीमाथि ३–६, ७–६ र १०–७ को नतिजा निकाल्दै प्रि–क्वाटरमा स्थान बनाएका थिए । त्यस्तै, अनिल तुलाचन र धरमबहादुर लामिछाने जोडीले मनोहरदास मूल र काजी गुरुङ्गलाई ६–२, ६–२ ले, पृथ्वीमान थकाली र दिनेश तुलाधरको जोडीले राजकुमार घिमिरे र पदम गुरुङ्ग काइलालाई ६–३, ६–१ ले पराजित गरेका थिए । विकाश राणा र चन्द्र शाहीको जोडी र हिमाल शाह र सुदर्शन सिग्देल बीचको खेल खराब प्रकाशका कारण पुरा हुन नसकेपछि सोमबार विहानका लागि सारिएको प्रतियोगिताका टेक्निकल डाइरेक्टर राजन पौडेलले जानकारी दिए ।
५० वर्ष माथिको एकलमा नरेन्द्र कुमार सिंहलाई सुरेन्द्र माकाजुले पहिलोे सेट ४–३ को अवस्थामा वाक ओभर दिए भने प्रदिप शाहले बिमल गुरुङ्गलाई ६–१, ६–३ ले पाखा लगाए । ५५ वर्ष माथिको एकलमा शान्ता श्रेष्ठले संघर्षपूर्ण खेलमा पदम गुरुङ्गमाथि २–६, ६–४ र १०–७ को कठिन जित निकाल्दै अघि बढे भने पेम्बा टाँसि (दार्जलिङ) ले विष्णु गुरुङ्गलाई ६–१, ६–३ ले पराजित गरे । ५५ वर्ष माथिको डबल्समा बसन्त प्रधान र शान्ता श्रेष्ठको जोडीले डा.ईन्द्रजित राई र चेतन नोर्केललाई ६–०, ६–१ को सहज सेटमा पराजित गरे ।





Post a Comment

 
Top