0
लायन्स क्लव अफ पोखरा माछापुच्छ«े भिलेजको क्षमता विकास तथा नेतृत्व विकास तालिम शनिबार पोखरामा सम्पन्न भएको छ । तालिमको लायन्स क्लव अफ नेपाल ३२५ बी १ का क्याविनेट सेक्रेटरी एमजेएफ लायन विश्वेश्वर आचार्यले उद्घाटन गर्दै सबै संघ संस्था र समुदायमा नेता र नेतृत्व सबैको आशाको र भरोसाको केन्द्र भएको हुँदा सवल र सक्षम नेतृत्व विकासमा यस्ता तालिम महत्वपूर्ण हुने बताए । लायन्सवादमा प्रभावशाली व्यक्तित्व निर्माणमा अघि बढ्न सबै सदस्यहरूलाई आग्रह गरे । कार्यक्रममा क्लव ओरिण्टेशन चिफपर्सन ई. रामचन्द्र पोख्रेल, रिजन चियरपर्सन दुर्गाप्रसाद हुमागाईं, एक्सटेन्सन चियरपर्सन अर्जुनबहादुर थापा लगायतले असल नेतृत्व विकासमा सो अभिमुखिकरण तालिम प्रभावकारी हुने बताए । उक्त तालिममा पत्रकार रामजी लम्सालले सहजीकरण गरेका थिए । क्लवका ३५ जना सदस्यहरू सहभागी कार्यक्रममा स्वागत कार्यक्रम संयोजक प्रकृतिराज तिमिल्सिनाले र संचालन सचिव शोभाकान्त पौडेलले गरेका थिए । कार्यक्रममा क्लवका अध्यक्ष शिवराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।


Post a Comment

 
Top