0
गोल्डेन न्यूज संवाददाता
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र पोखरा–१, वगरको आयोजनामा एक दिवसीय ट्राफिक सचेतना कार्यक्रम सोमवार सम्पन्न भएको छ ।       कार्यक्रममा सडक दुर्घटना न्यूनिकरणका लागि विद्यार्थीहरुको भूमिका, जेव्रा क्रसिङ, ट्राफिक लाइट, सवारी चालक अनुमति पत्र विना सवारी चलाउँदा हुने कार्वाही लगायतका विषयमा सहजीकरण गरिएको थियो । अञ्जुली आवासीय मावि वगरका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी र शिक्षक गरि ६२ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक राजेन्द्र कार्कीले कार्यक्रममा सहजिकरण गरेका थिए। कार्यक्रममा वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरिक्षक मोहन बहादुर खाँडले दुर्घटना न्यूनिकरणका लागि विद्यार्थीहरुको भूमिका महत्वपूर्ण हुने बताउदै सिकेका कुरा सबैलाई प्रचार गर्न आग्रह गरे।

कार्यक्रममा केन्द्रका निर्वतमान अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, कार्यक्रम संयोजक एवम् केन्द्रका सदस्य विभिषण तिमिल्सिना, विद्यालयका प्राचार्य रमेशराज आचार्य, निर्देशक राजु केसी, सहभागी छात्रा शान्ता पराजुली लगायतले सडक सुरक्षा सम्बन्धी कार्यक्रममा प्रभावकारी भएको बताएका थिए ।       सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र पोखरा–१, का अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन केन्द्रकी सदस्य कल्पना आचार्य बाँस्तोला र प्रहरी जवान अनिता शर्माले गरेका थिए।        यसैबीच केन्द्रले मंगलवार विहान पोखराको केआइसिंहपुलदेखि नदीपुरको बालमन्दिर विद्यालयसम्म बालश्रम न्युनिकरण सम्बन्धी घरदैलो कार्यक्रम गर्ने केन्द्रकी अध्यक्ष जीवन अधिकारीले जानकारी दिईन् ।

Post a Comment

 
Top