0
गोल्डेन न्यूज संवाददाता
कास्की पोखरा हस्तकला संघ र पोखरा उद्योग वाणिज्य संघ घरेलु तथा साना उद्योग प्रवद्र्धन उप–समितिको संयुक्त आयोजना र रेडियो जननीको समन्वयमा मकैको खोस्टाद्वारा फूल बनाउने तालिम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पोखरा उप महानगरपालिकाका कार्यकारी प्रमुख झलकराम अधिकारीले तालिममा सिकेका कुराले आत्मनिर्भर हुन सकियो कि सकिएन भन्ने पक्ष महत्व पूर्ण हुने भएकाले आत्मनिर्भर हुन तर्फ लाग्नु पर्ने बताए । अधिकारीले उत्पादन गरेका वस्तुहरुलाई बजारसम्म पुर्याउन सकेमा सिप विकास हुने बताउँदै स्थानीय स्तरका कच्चा पर्दाथको प्रयोग गरेर रोजगारीको सिर्जना गर्नुपर्ने खाँचो औंल्याए । 

अधिकारीले पोखरामा कोसेलीघरको अवधारणाका लागि लामो समयदेखि छलफल चलिरहेको र कोशेली घर बनेको खण्डमा स्थानीय स्तरबाट उत्पदित कच्चा पदार्थका सामग्री पाउन सकिन्छ भन्ने वतावरण बनाउन सकेमा व्यवसायिकरण हुने बताउदै यसका लागि नगरपालिकाले पहल गर्ने स्पष्ट पारे । कास्की पोखरा हस्तकला संघ तथा रेडियो जननीका अध्यक्ष हिरा भट्टराईले सिकेका कुरालाई व्यवहारमा उर्तान आग्रह गर्दै पर्ने आर्यआर्जनको सम्भावना आफैले खोज्नु पर्ने बताइन । रेडियो जननकी स्टेशन म्यानेजर विमला भण्डारीले महिलाहरुले उत्पादन गरेका हस्तकलाका सामग्रीहरुको बजार प्रर्वद्धनका लागि रेडियो जननीले सहयोग गर्ने बताइन । संचारिका समूह पश्चिमाञ्चलका अध्यक्ष जमुना बर्षा शर्माले शिप सिकेर आयआर्जनको माध्यम बन्न सकेमा मात्र सिकेको औचित्य हुने बताइन । तालिममा सहभागी रिता सुनार र पार्वती पनेरुले तालिम निकै प्रभावकारी रहेको भन्दै भोलिका दिनमा आफूहरुलाई आत्मनिर्भर बन्न सहयोग गर्ने बताइन । कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनलका डिष्ट्रिक सल्लाहकार डम्बरबहादुर श्रेष्ठ, प्रशिक्षक नुजीना कंसकार, ढाँड आमा समूहकी अध्यक्ष हरिदेबी कार्की, संस्थाकी सचिव सीता गुरुङ्ग लगायतले बोलेका थिए ।

Post a Comment

 
Top