0
विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल पोखरा–२ ले विद्यार्थीको शारीरिक विकास, मनोरञ्जन र उनीहरु भित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले खेलकूद प्रतियोगिता आयोजना ग¥यो । तीना दिनसम्म संचालित खेलकुद प्रतियोगिता विद्यालयका निर्देशक  शम्भुलाल कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो । विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठ र सहप्राचार्य कल्पना भट्टराईले निरीक्षकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रमलाई विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख माया क्षेत्रीको नेतृत्वमा खेलकुद विभाग सम्हालेका शिक्षक राजु बयलकोटीले सञ्चालन गरेका थिए । प्रतियोगिताको मा.वि. तहमा सञ्जीव आचार्य, नि.मा.वि. तहमा योगेश कार्की, प्रा.वि. तहमा सुनिता लामा र पूर्व प्रा.वि. तहमा मीना गुरुङ खेलकुद संयोजक रहेका थिए । सदनात्मक रुपमा आयोजित प्रतियोगितामा २१ वटा खेल आयोजना गरिएको थियो । पहिलो दिनका खेलहरुमा स्वीट रेस खेलमा कक्षा नर्सरीमा अध्ययनरत ऋषिकेश जन प्रथम, सुजित तिमिल्सिना द्वितीय, सुवाष तामाङ तृतीय सोही खेलमा एल.के.जी.बाट एरोन तामाङ प्रथम, प्रनिश थापा द्वितीय र प्रिन्स राई तृतीय भएका थिए । त्यस्तै कक्षा यू.के.जी. र १ बाट मेच घुमाइ खेलमा साइना बुद्धाचार्य प्रथम, राजन गुरुङ द्वितीय, सक्षम वास्तोला तृतीय भएका थिए भने सोही कक्षाबाटै तातो आलु खेलमा स्नेह दास प्रथम, इसिका जन द्वितीय र सक्षम बास्तोला तृतीय भएका थिए । त्यसैगरी कक्षा २ र ३ को तातो आलु खेलमा आरोही गुरुङ प्रथम, विवेक पुन द्वितीय, सोमिता बाला तृतीय भएका थिए भने सोही कक्षाको मेमोरी पावर खेलमा मोरियम तामाङ प्रथम, सक्षम के.सी. द्वितीय र कृष्टि अधिकारी तृतीय भएका थिए ।



Post a Comment

 
Top