0
गोल्डेन न्यूज संवाददा
तातराना म्यूजिक सेन्टर पोखराले स्वर सम्राट नारायण गोपालको २५औं स्मृतिमा  कार्यक्रम सम्पन्न ग¥यो । सुगम संगीतका धरोहर स्वर्गीय नारायण गोपालको सम्झनामा उनकै गीत संगीत प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरु काजिमान राई, सूर्य गुरुङ, उमेश राई, सबिन नेपाली, विकास श्रेष्ठ, रञ्जित मगर, शान्ति राई, रुबिन गुरुङ्ग, सञ्जय दुरा, माया गुरुङ, बिरबल घताने, बिक्रम सुनार, टेक बहादुर राना, श्रीमान थुलुङ लगायत २ दर्जन भन्द बढि गायक गायिकाहरुले नारायण गोपालको कालजयी गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रम संगीतकार श्रीमान थुलुुङको सभापतित्वमा सम्पन्न भएको थियो भने बाध्य बादनमा हामोनियममा श्रीमान थुलुङ, तबलामा काजिमान राई, र बिरबलमान घताने, मादलमा विकास श्रेष्ठ, ईफेक्टमा रञ्जित मगर रहेका थिए । सो कार्यक्रम उमेश राईले सञ्चालन गरेका थिए ।
यसैगरी गुरुकुल प्रशिक्षण केन्द्र नयाँबजारको आयोजनामा स्वर सम्राट नारायण गोपालको २५औं स्मृति दिवस मनाइएको छ । गुरुकुल संगीत प्रशिक्षण केन्द्रका प्राचार्य तीर्थराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कन्दरा व्याण्डका संगीतकार सुनिल थापा रहेका थिए । कार्यक्रममा पुशपति गुप्ता र लक्ष्मी गौरीले सरस्वती वन्दना, स्वदेश गान तथा नारायण गोपालको संगीत बारे चर्चा कार्यक्रमका अध्यक्ष पोखरेलले गरेका थिए । त्यस अवसरमा कन्दरा व्याण्डका विवेक श्रेष्ठले झुल्किएर घामको झुल्को भन्ने गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन ओमकाजी थापाले गरेका थिए।




Post a Comment

 
Top