0
गोल्डेन न्यूज संवाददाता
पोखरा–१९ घार्मीमा रहेको भूमेश्वर प्राविको ६१औं वार्षिकोत्सव विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयले पत्रकारिता मार्फत शैक्षिक क्षेत्रको गतिविधिमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै संचारकर्मी शिशिर पौडेललाई सम्मान गरेको छ । शैक्षिक गतिविधिलाई सञ्चार माध्यम मार्फत महत्वपूर्ण योगदान दिएको भन्दै पत्रकार महासंघ कास्कीका सदस्य समेत रहेका पत्रकार पौडेललाई सम्मान गरिएको हो । सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष शोभामोहन पौडेल, कोक्यापका अध्यक्ष उषा बरुवाललाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुृख अतिथि कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदी, लामाचौर स्रोतकेन्द्रका स्रोत व्यक्ति निलराज गौतम, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम पौडेल, प्रधानाध्यापक बैकुण्ठ पौडेल, विद्यालयका संस्थापक लिलाधर पौडेल लगायतले खादा, सम्मानपत्र एवम् मायाको चिनो सहित सम्मान गरेका थिए । कार्यक्रममा उत्कृष्ट शिक्षक पूर्णभद्र आचार्य र अभिभावक अस्मिता पौडेल सहित नर्वेली नागरिक ओर्विनलाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सहायक जिल्ला शिक्षा अधिकारी सुवेदीले अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिको समन्वयबाट मात्र शैक्षिक गुणस्तर वृद्धि गर्न सकिने बताए ।
कार्यक्रममा स्रोतव्यक्ति निलराज गौतम, वडा सचिव सूर्य नेपाली, कोक्यापका अध्यक्ष उषा वरुवाल, सम्मानित व्यक्तित्व शोभामोहन पौडेल, शिशिर पौडेल, विद्यालयका संस्थापक लिलाधर पौडेल, पूर्व प्रधानाध्यापक मोहनप्रसाद पौडेल, विद्यालयका शिक्षक दुर्गाप्रसाद पौडेल, अभिभावक मक्ति सुनार, शिक्षक माधव आचार्य लगायतले विद्यालयको शैक्षिक गतिविधिका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा विद्यालयका सहयोगदाता एवं अक्षयकोष दातालाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य प्रमोद पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयको वार्षिक पुरस्कार वितरण सहित विविध सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वैकुण्ठ पौडेलले वार्षिक, शैक्षिक तथा भौतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।













Post a Comment

 
Top