0
पोखरा १० शिवचोकमा रहेको नवदीप बोर्डिङ स्कुलमा सोमवादेखि स्पोर्टस् मिट सुरु भएको छ । विद्यालयको वार्षिक कार्यक्रमअनुरुप सोमवादेखि औपचारिक रुपमा स्पोर्टस् मिट सुरु भएको विद्यालयले जनाएको छ । सोमवार निम्न माध्यमिक तथा माध्यमिक तहस्तरीय टेबुल टेनिस प्रतियोगिता र फुटबल प्रतियोगिता सम्पन्न भएका  छन् । चार सदका विद्यार्थीले भाग लिएको अन्तरसदनात्मक सो प्रतियोेगितामा टेबुलटेनिसतर्फ हरियो सदन काक्षा ९ का अरुण क्षत्री प्रथम , निलो सदन काक्षा ८ का प्रिन्स गुरुङ द्वितीय र रातो सदन कक्षा ९ का धन बहादुृर थापा तृतीय हुन सफल भए । अन्तरसदनात्मक फुटबल प्रतियोगितामा रातो सदन प्रथम र पहेँलो सदन द्वितीय हुन सफल भए । यसअघि कार्यक्रमको सुरुवात गर्दै विद्यालयकी प्रिन्सिपल कौशल्या गुरुङले स्वस्थ प्रतिस्पर्धा गर्न र खेलले सबैमा अन्तरनिहित प्रतिभाको प्रस्फुटन हुने बताइन् । कार्यक्रममा खेल शिक्षक दुर्गासिंह गुरुङ, सामाजिक शिक्षक लक्ष्मण शर्मा, विज्ञान शिक्षक राजकुमार केसी लगायत अन्य शिक्षक शिक्षिकाहरुले सक्र्रिय रुपमा सहजीकरण गरेका थिए । स्पार्टस् मिट शुक्रवार पोखरा रङ्गशालामा विविध प्रतियोगिता सञ्चालन गरी समापन हुने छ । विद्यालयले विभिन्न विधामा ३ सय बढी विद्यार्थीलाई प्रतिस्पर्धामा अन्तरसदनात्क रुपमा उतार्ने जनाएको छ ।




Post a Comment

 
Top