0
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधका कारण व्यवस्थापिका–संसद्को बिहीबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगन भएको छ । सभामुख ओनसरी घर्तीले बेलुका ७ बजेर ३५ मिनेट जाँदा बैठक सुरु भएको घोषणा गर्नासाथ काँग्रेस र नेपाल मजदुर किसान पार्टीका सांसदले आआफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । दुवै दलबाट विरोध भइरहँदा सभामुखले नियमापत्ति गर्ने काँग्रेसका रमेश लेखकलाई बोल्न समय प्रदान गरेका थिए ।  लेखकले मुलुक अत्यन्त अप्ठ्यारो परिस्थिति मा रहेको र मधेस लामो समयदेखि आन्दोलनमा रहेका अवस्थामा अघिल्लो बैठकका लागि नै तय भइसकेको संविधान संशोधनको कार्यसूची किन हटाइयो भनी प्रश्न गरे । संविधान संशोधनसम्बन्धी विषय कार्यसूचीबाट हटाइनुपर्नाका कारण सरकारबाट स्पष्ट जानकारी नआएसम्म बैठक चल्न नदिने घोषणा उनले गरे ।

Post a Comment

 
Top