0
चि.सो मौसमको आगमनसँगै छालासम्बन्धी समस्याले विकराल रूप लिन्छ । जाडोमा ंछालामा सुख्खापन बढ्छ जसले गर्दा छाला बेजान र सुख्खा देखिन्छ। छाला तन्किएको अनुभूति हुने भएकाले इचिङ हुन्छ र छाला फुट्छ । यतिबेला शरीर र छालाको अतिरिक्त हेरचाह आवश्यक छ। सूर्यको अल्ट्राभ्वाइलेट किरणले पोतो, ट्यानिङजस्ता समस्या उत्पन्न हुन्छन्। त्यसैले घामको आनन्द लिनुअघि शरीरमा एसपीएफ १५ देखि ३० सम्मको सनस्क्रिन लोसन लगाउनुपर्छ । चिसोमा सीटीएम अर्थात् क्लिजिङ, टोनिङ र मोस्चराइजिङलाई आफ्नो दैनिक क्रियाकलापमा समावेश गर्नुपर्छ । क्लिजिङले धूलो, पसिना आदि हटाउँछ भने मोस्चराइजरले छालाको सुख्खापन हटाउन सहयोग गर्छ । 

बडी मसाजमा फिगारो र बदामको तेल प्रयोग गर्नुपर्छ । यसमा लेवेन्डर ओयल, रोज ओयल एवं टिवजर्म ओयलको ४–४ थोपा मिसाएर राख्नुपर्छ । नुहाइसकेपछि पूरा शरीरमा विन्टर केयर वा बडी लोसन उपयोग गर्नुपर्छ । अनुहारमा कोल्ड क्रिम वा ओयल बेस्ड क्रिम प्रयोग गर्नुपर्छ । भिटामिन ईयुक्त क्रिमको प्रयोगले छालालाई पोषण प्रदान गर्छ । चिसोमा हातखुट्टाको नियमित हेरचाह गर्नुपर्छ । खुट्टाका लागि कुनै राम्रो कम्पनीको फुट क्रिम प्रयोग गर्नुपर्छ । महिनामा एकपटक पार्लरमा पेडिक्योर गर्नुपर्छ । यसबाट नङको मृतछाला हटाउन सकिन्छ र फुटेको कुर्कुच्चाको पनि उपचार हुन्छ । पेराफिन बेक्सबाट घरमै फुटेको कुुर्कुच्चा भरेर क्लिङ पिल्मबाट र्याप गरी १०–१५ मिनेटसम्म राखे कुर्कुच्चा नरम हुन्छ । ग्लिसिरिनमा कागती र रोजवाटर मिसाउनुपर्छ । ओठलाई फुट्नबाट जोगाउन लिपबाम प्रयोग गर्न सकिन्छ । गुलाबको फूल पिसेर ओठमा प्रयोग गरे ओठ कालो हुँदैन ।

चिसोमा मेहन्दीको प्रयोग कम गर्नुपर्छ, कारण मेहन्दी लगाएपछि केश सुख्खा हुन पुग्छ । यदि अति आवश्यक छ भने दही मिसाएर प्रयोग गर्नु उचित हुन्छ । केशमा कन्डिसनर तथा हेयर स्पा गर्नु ठीक हुन्छ । मेकअप गर्दा स्किनलाई फेसवास गरी मोस्चराइजर लगाएर १५ मिनेटसम्म छोड्नुपर्छ । त्यसपछि क्रिम बेस्ड फाउन्डेसन प्रयोग गर्नुपर्छ । लिक्विड आइलाइनर प्रयोग नगरी केक आइलाइनर प्रयोग गर्नुपर्छ । पेनकिकलाई पानीमा मिसाएर प्रयोग गर्नाले मेकअपमा क्रेक्स पर्दैन ।

जाडोमा छाला सुख्खा नहोस् भन्ने हेतुले जैतुनको तेल वा बडी लोसन र वाटर वेस्ड क्रिम प्रयोग गर्नुपर्छ । मोस्चर कम भए छालामा प्याच हुन्छ । ठाउँठाउँमा सेतो रंगको छाला निस्कन्छ । ओयल ड्राइ भए छाला पिम्पल्स र एक्नेयुक्त हुनपुग्छ । अतः स्किनको ग्लो कायम राख्न दिनहुँ पर्याप्त मात्रामा पानी पिउनुपर्छ र फेसमा हाइड्रेमाइस, हाइड्रेसिङ एम्पयुल वा मोस्चराइजर प्रयोग गर्नुपर्छ । महिनामा एकपटक फेसियल गर्नुपर्छ । सनवर्न वा ट्यानिङ भए एन्टी टोनिङ प्याक प्रयोग गर्नुपर्छ । मिल्क र हनीको प्याकले छालालाई फेयरनेस प्रदान गर्छ र छाला कसिलो पनि हुन्छ । चन्दनको तेलले एन्टिसेप्टिकको काम गर्छ । त्यसैले बडीमा इचिङ स्क्रेचेस परे जैतुनको तेलमा चन्दनको तेल मिसाएर त्यही ठाउँमा लगाउँदा फाइदा हुन्छ ।

पिम्पल्स र एक्ने भए कुकुम्बर जेलमा ट्रिट्री ओयल दुई थोपा मिसाएर राति सुत्नुपूर्व पिम्पल भएको ठाउँमा लगाउनुपर्छ । चिसो मौसमको आगमनसँगै चटपटे एवं मसलेदार खानामा रुचि बढ्छ । तैलीय, मिठासपूर्ण स्वादिष्ट व्यञ्जन हाम्रो आहारमा समावेश हुन्छन्। यस्तो खानपानले हाम्रो पाचन प्रणालीलाई मात्र नभएर शरीरलाई नोक्सान प¥याउँछ । छालामा कतिपय समस्या उत्पन्न हुन्छन् । चिसोमा छालामा नरमपनको कमी हुनाले सुख्खापन, क्रेक्स, इचिङ आदि समस्या उत्पन्न हुन्छन् । गलत खानपानबाट पिम्पल्स, ब्ल्याक हेड्स आदि समस्या देखापर्न सक्छन् । 

जाडोमा तैलीय खानालाई संयमित मात्रामा प्रयोग गर्नुपर्छ । यसका साथै वाक, एक्सरसाइज एवं वर्क आउट गर्नु जरुरी छ । बिहानको ताजा हावाले नरमपन र शुद्ध अक्सिजन प्रदान गर्छ । यो मौसममा मौसम, अनार एवं मेवाको सेक पिउनुपर्छ । मेवाले पाचनमा सहयोग गर्छ, पिम्पल्स र एक्नेबाट पनि जोगाउँछ । अंकुरित चना, मुंग एवं मटरलाई कागती, नुनका साथमा सलादका रूपमा प्रयोग गर्नुपर्छ । दैनिक रूपमा जुस वा अरू कुनै तरल पदार्थ सेवन गर्नुपर्छ  भने बासी खाना र चिसो पदार्थबाट जोगिनुपर्छ । 
जाडोमा छालाको स्याहार

जा.डो मौसममा हामीलाई घाममा बस्न मन लाग्छ तर घामको युबीए तथा युबीबी किरणले छालामा नोक्सान पुर्रुयाई छालामा पिगमेन्टेड बनाउँछ साथै घाममा बस्दा छालामा कालो दाग, रातो दाग, चाउरीपन, कालो मसिनो तिल आदिको समस्या देखा पर्न सक्छ । यस्तो हुन नदिन घाममा हिँड्नु वा बस्नुपरे एसपीएफ २५ देखि ३० सम्मको सनब्लक प्रयोग गर्नुका साथै महिनामा एकपटक फोटो फेसियल गराउनुपर्छ । 

सुख्खा छालाः २ ठूलो चम्चा काँचो दूध, १ ठूलो चम्चा दही, १ सानो चम्चा मह, एउटा अण्डाको पहेंलो भाग, १ ठूलो चम्चा मेवाको पल्प तथा १ चम्चा जौको पीठोको पेस्ट बनाई फ्रिजमा राख्ने र अनुहारमा लगाउने । २० मिनेटपछि पानीले सफा गरी मोस्चराइजर लगाउने । यो प्याक फ्रिजमा दुई दिनभन्दा बढी राख्नु हुँदैन । त्यसपछि विस्तारै छालाको पिग्मेन्टेसन हराउनुका साथै सुख्खा छालामा छिट्टै चाउरी पर्दैन । सामान्य छालाः एउटा अण्डा, १ ठूलो चम्चा काँचो दूध, १ सानो चम्चा कागतीको बोक्राको पेस्ट, १ ठूलो चम्चा मौसमको रस र १ ठूलो चम्चा जौको पीठो एकै ठाउँमा मिसाई पेस्ट बनाएर अनुहारमा लगाउने । २० मिनेटपछि अनुहार सफा गर्ने र गुलाबजल वा पुदिनाको रसयुक्त स्किन टनिक प्रयोग गर्ने । चिसोका कारण यदि छालामा हानि पुगिरहेको छ र पिग्मेन्टेसनको समस्या छ भने यो उपाय अवलम्वन गर्दा फाइदा हुन्छ । 

चिल्लो छालाः एउटा अण्डाको सेतो भाग, १ ठूलो चम्चा काँचो दूध, १ सानो चम्चा कागतीको रस, १ ठूलो चम्चा काँक्राको पल्प तथा जौको पीठो १ चम्चा मिसाई अनुहारमा लगाएर २० मिनेटपछि पानीले सफा गर्ने । यो प्रक्रिया दिनहुँ अवलम्वन गरे चिल्लो छाला हुनेहरूलाई फाइदा हुनुका साथै छालामा एक प्रकारको चमक देखिन्छ । घाममा बस्दा नोक्सानी भए यो प्याकले छालालाई स्वस्थ एवं सुन्दर बनाउँछ । 
बिहानको घामले हड्डी बलियो हुन्छ तर त्यही घाम १० बजेपछिको हो भने छालामा अनेकौं समस्या उत्पन्न हुन सक्छ । घरमै बस्ने दिदी(बहिनीहरूले पनि सनब्लक लगाउनु आवश्यक छ । 
पिक्सल लेजर ट्रिटमेन्ट

जाडो मौसममा छाला सुख्खा हुने समस्या प्रशस्त मात्रामा देखिन्छ । जाडोमा हामी कमै पानी पिउँछौं । त्यसैले पनि छाला कालो देखिन्छ र पिग्मेन्टेसनको समस्या बढ्न थाल्छ । यदि यस्तो समस्या देखा पर्न थाले पिक्सल लेजर ट्रिटमेन्ट गराई छालालाई सुन्दर बनाउन सकिन्छ । यो उपचार अलि महँगो हुन्छ तर अहिले पिग्मेन्टेसन भएका महिलाहरूले पिक्सल लेजर ट्रिटमेन्ट मन पराउँछन् । यसले छालामा कुनै साइड इफेक्ट नगरी जटिल पिग्मेन्टेसनलाई पनि सजिलै हटाउँछ । हल्का पिग्मेन्टेसन (कालो चायाँ) छ भने पिक्सल लेजर ट्रिटमेन्टको ८ वा ३ सिटिंग्स लिनुपर्छ । उपचारपछि छालामा रातो रंगको हल्का दाग देखिए पनि २५ घन्टाभित्र हराएर जान्छ ।
जाडोको फेसियल
चिसोका कारण छालाको मोस्चर नष्ट हुँदा छालामा छिट्टै चाउरी आउँछ र छाला कान्तिहीन देखिन्छ । यसका लागि उमेरअनुसार छालाको फेसियल गराउनुपर्छ ।  गोल्ड फेसियल, डर्मा्चिल फेसियल, डर्मा ब्रेजिङ, फोटो फेसियल, अरोमा फेसियल, कोलेजन फेसियल आदि यो मौसमका विशेष फेसियल हुन् ।
केराः जाडो मौसममा छाला रुखो देखिन्छ भने पाकेको केराको पल्प २ चम्चा, १० थोपा गुलाब जल तथा १ चम्चा दूधको तरलाई एकै ठाउँमा मिसाएर पूरै अनुहारमा लगाउने र हल्का मसाज गर्ने । १५ मिनेटपछि पानीले सफा गर्ने । यो उपाय जाडो मौसमभरि दैनिक अवलम्वन गरे छाला फुस्रो एवं चमकहीन देखिनबाट बच्नुका साथै चाउरी पर्नबाट पनि जोगिन सकिन्छ ।

अण्डाको पहेंलो भागः अत्यधिक जाडोमा छालाको ग्रन्थिले प्राकृतिक तेल निकाल्न छाड्छ । जसले गर्दा छाला सुख्खा र कालो देखिन्छ । तैलीय ग्रन्थि सक्रिय नहुँदा छिट्टै छाला चाउरी पर्ने सम्भावना हुन्छ, छालालाई सुख्खा हुनबाट बचाउन, स्वस्थ र सुन्दर राख्न यो प्याक लगाउनुपर्छ । अण्डाको पहेंलो भाग, २ चम्चा मह, १–२ चम्चा ग्लिसरिन मिसाएर अनुहारमा लगाई २० मिनेटपछि पानीले सफा गर्ने । यो उपाय जाडो मौसममा अवलम्वन गर्दा छालामा एक प्रकारको चमक उत्पन्न हुन्छ ।
चामलको पीठोः जाडो मौसममा चामलको पीठोले अनुहार धुनु वेश हुन्छ । प्राकृतिक एक्सफोलिएट भएका कारण यसले छालामा भएको प्राकृतिक तेललाई पूरै नहटाई छाला सफा गर्छ । 
महः महले छालाका लागि प्राकृतिक मोस्चरको काम गर्छ  । यसको प्रयोगले छाला नरम एवं मुलायम देखिन्छ ।

कागतीः जाडो मौसममा छालामा ब्ल्याक हेड्स र ह्वाइट हेड्सको समस्या धेरै पाइन्छ । प्रायः यो नाक वरिपरि र चिउँडोमा देखिन्छ । यो समस्याबाट छुटकारा पाउन कागतीलाई दुई टुक्रा बनाई ब्ल्याक हेड्स भएको भागमा रगड्ने । दिनहुँ यो उपाय अवलम्वन गरे ब्ल्याक हेड्स र ह्वाइट हेड्सबाट छुटकारा पाउन सकिन्छ । कागतीमा प्राकृतिक ब्लिच हुन्छ ।

दूधको तरः दूधको तरमा प्रशस्त मात्रामा मोस्चर हुने हुँदा यसले छालामा देखिने चाउरी एवं सुख्खापनलाई कम गर्छ र छालामा चमक ल्याउँछ । ३ ठूलो चम्चा ताजा तरलाई राम्रोसँग फिट्ने र अनुहार (आँखाको माथिको भागसहित) मा लगाई २५ मिनेटसम्म राख्ने अनि पानीले पखाल्ने । यो प्याक लगाउँदा साबुन–फेसवास आदि प्रयोग गर्नुहुँदैन ।

जाडोमा छाला जोगाउने ५ काइदा

जाडो सुरु भएसँगै धेरैजनालाई छाला फ्रुस्रो हुने समस्या हुन्छ । तापक्रममा आएको अकस्मात् गिरावटसँगै छाला तथा ओठ फुट्ने, सुख्खा हुने र चायाँ आउने समस्या हुन्छ । छाला विज्ञहरुका अुनसार चिसोबाट हुने एलेर्जीले बालबालिकामा छाला फुस्रो र फुट्ने गर्छ भने प्रौढहरुमा थाइराइडको असन्तुलनका कारण अनुहारको छालामा विभिन्न प्रकारका समस्या देखिन्छन् ।त्यस्तै, किड्नी तथा कलेजोको समस्या भएका वृद्धवृद्धामा जाडो मौसमा छाला फुट्ने लगायतका समस्या देखिन्छन् । बालकदेखि वृद्धवृद्धासम्म पीडित हुने यस समस्याबाट मुक्ति पाउन विभिन्न उपायहरु छन्ः

घीउ वा तेलमा तारेका खानेकुरा नखाने ः सामान्यतया चिसो भएको बेलामा शरीरलाई तातो बनाउन तेलमा तारेको  खानेकुरा खाने गर्छांै । तर, यसमा एन्टी–अक्सिडियन्टको मात्रा न्यून हुने भएकोले यसबाट छाला चिलाउनेलगायतका समस्या देखिन्छन् । तसर्थ, जाडोमा छालालाई स्वस्थ बनाउन स्वभाविक चिल्लोयुक्त खानेकुरा खानुपर्छ । 

मौसमी फलफुलहरु जस्तै सुन्तला, स्ट्रेबरी, स्याउ, बदाम, ओखर, एप्रिकेट खाँदा छालामा चमक आउँछ । जाडोको समयमा त्यस्ता फलफूल खानुहोस् जसले छालालाई सुख्खापन हुनबाट बचाई चिल्लो बनाउँछ ।’जैतुन वा नरिवलको तेलमा बनाएको खानेकुराले पनि शरीरको स्वभाविक चिल्लोलाई थप सहयोग गर्छ । जाडो याममा छाला सुख्खा भयो भने यसलाई निको हुन धेरै समय लाग्छ । तसर्थ मौसमी फलफूलबाट प्राप्त हुने एन्टि–अक्सिडेन्टले छालाका चायाँ लगायतका समस्याहरु निको पार्नुका साथै छाला कलिलो चम्किलो देखिन्छ।
 चिसोबाट बच्ने फलफूलहरु पनि पर्याप्त खानुहोस् ।

अनुहार र छालामा कपडा राख्दा बिचार पु¥याउनुहोस्। ऊनी र बढी तातो हुने लुगाहरुले पनि छाला चिलाउँछ र फुस्रो बनाउँछ । तसर्थ शरीरमा सबैभन्दा भित्र कटनको लुगा लगाएर मात्र उनीको सर्ट वा थर्मल भेस्ट लगाउनुहोस् । यसले तपाईँको छाला चिलाउने समस्या हट्छ र उनीको लुगाबाट हुने जुनसुकै एलर्जीबाट मुक्ती पाइन्छ ।

कडा साबुन र बढी गन्ध आउने मोश्चराईजेशन प्रयोग नगर्नुहोस्ः

तपाईँलाई मन पर्ने बढी गन्ध आउने मोश्चराइजरले तपाईँको छालालाई जाडो मौसममा अझै बढी सुख्खा बनाउन सक्छ । त्यसको सटा एलोभेरा (घीउकुमारी), ग्लिसिरिन, प्याराफिन इत्यािद मिसाएको नरम मोश्चराइजर प्रयोग गर्नुहोस् । तपाईँको छाला तेलीय हो भने जेल जस्तो लोसन लगाउनुहोस् । तर, यदि छाला अत्यधिक सुख्खा हो भने क्रिममा आधारित लोसन लगाउनुहोस् । छाला फुस्रो हुन सुरु भइसकेको छ भने चर्म तथा छाला विज्ञको सल्लाहमा औषधि प्रयोग गर्नुहोस् । जाडोमा मन तातो वा सम्भव भए चिसो पानी पर्याप्त खानुहोस् । करिब ५० प्रतिशत भन्दा बढी छालाको रोग पानी पिउँदा निको हुने भएकोले पर्याप्त पानी पिउन कन्जुस्याइँ नगर्नुहोस् ।

मन तातो पानीको सावर लिनुहोस् ः जाडोको समयमा तातो पानीले मानिसको कोमल छालामा अशर हुन्छ भन्ने थाहा हुँदा हुदै पनि यसको अत्यधिक प्रयोग गर्छन् । तर, तपाईँ केही बेर तातो पानीमा नुहाउँदा दिउसभर शरीरको छालामा फुस्रोपन लगायतका समस्या आउँछ । बरु मनतातो पानी प्रयोग गर्नुहोस् । रगतको प्रवाहलाई पनि सुधार गर्ने भएकोले स्वास्थ्यका दृष्टिले पनि मनतातो पानी उपर्युक्त मानिन्छ । चिसो पानीले हातखुट्टा नधुनुहोस् किनकी चिसो पानीले तपाईँ छालालाई दिउसभर सुख्खा बनाउँछ । छालालाई नरम बनाउनका लागि नुहाउनुअघि नरिवलको तेलले छालालाई मसाज गर्नुहोस् ।

एसिडको प्रयोग गर्नुहोस् ःबारम्बारको मोश्चराइजको बाबजुद पनि गर्मीमा तपाईको छाला सुख्खा हुने गर्छ । मौसमी लोसनले केही हदसम्म यस समस्याबाट मुक्ती दिलाउने भए पनि चर्म तथा छाला रोग विज्ञको सल्लाह लिनुहोस् । विज्ञले तपाईलाई ओमेगा थ्री फ्याटी एसिड र भिटामिन ए खान सुझाब दिन्छन् । ओमेगा थ्री फ्याटी एसिडले मुटुको रोग, हाइपरटेन्सन, डायबिटिज, बाथलगायतका रोगको पनि उपचार गरिदिन्छ ।







Post a Comment

 
Top