0
पोखराको बिरौटास्थित शिशु निकेतन उच्च मा.वि.ले कक्षा नर्सरीदेखि दससम्मका विद्यार्थीहरू वीच विभिन्न प्रकारका अतिरिक्त एवम् सहव्रिmयाकलाप आयोजना गरेको र तिनमा उत्कृष्टता हासिल गर्ने छात्रछात्राहरूलाई पुरस्कार वितरण गरेको थियो । व्रिmयाकलाप मध्ये विद्यालयको ६३औँ संस्थापक दिवसको उपलक्ष्यमा खुल चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो । सो प्रतियोगितामा विभिन्न कक्षाका ४५ जना छात्रछात्राले उत्कृष्टता हासिल गरेका थिए । त्यस्तै नेपाल चाइन पिपल्स फ्रेण्डसिप एशोसियसन नामक संस्थाद्वारा आयोजित अन्तर विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा प्रयाग जोशी (कक्षा १० ख) ले तृतीय स्थान प्राप्त गरेर नगद पुरस्कार ५ हजार रुपैयाँ  प्राप्त गरेका थिए । त्यस्तैगरी विद्यालयद्वारा आयोजना गरिएको खुल्ला अंग्रेजी कविता लेखन प्रतियोगितामा जेनिशा लामिछाने (कक्षा ९ ‘ख’), पूजा घिमिरे (कक्षा १० ‘ख’) र जेनिफर भट्टराई (कक्षा ९ ‘ख’) तथा स्नेही रानाभाट (कक्षा ९ ‘ख’) ले व्रmमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए । विजेता विद्यार्थीहरूलाई विद्यालयका निर्देशक हरिश आर.के. र सह–निर्देशक डेनिका राजले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।






Post a Comment

 
Top