0
गोल्डेन न्यूज संवाददाता
आप्रवासन दिवस २०१५ को अवसरमा कास्कीमा विभिन्न कार्यक्रम गरिने भएको छ । आप्रवासी कामदारहरु र तिनका परिवारहरुको सुरक्षाको लागि अन्तराष्ट्रिय महासन्धी पारीत भएको सम्झनामा १८ डिसेम्बर अर्थात पुष ३ गते मनाइने पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । दिवसको सन्दर्भमा स्थानिय रेडियो, टेलिभिजनमा कार्यक्रम गर्ने, सुरक्षित आप्रवासनबारे प्रचार सामाग्री प्रकाशन तथा वितरण गर्ने र पुष तीन गते पोखराको सभागृह बाट मानवअधिकार चोक सम्म सुरक्षित आप्रवासन बारे सचेतनामुलक साँस्कृतिक कार्यक्रम गरिने जिल्ला विकास समितिका योजना अधिकृत कीर्तनराज पौडेलले जानकारी दिए ।
यस्तै कार्यक्रममा लोकप्रिय लोकदोहोरी गायक गायीकाको सहभागिता रहने जनाइएको छ । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला विकास अधिकारी रामचन्द्र तिवारीले जनचेतना जगाउन कार्यक्रम गर्न लागिएको बताए ।

















Post a Comment

 
Top