0
पदयात्राका लागि चर्चित अन्नपूर्ण परिपथ मार्गका पर्यटकीय गाउँहरुमा निःशुल्क ताररहित
(वाइफाई) इन्टरनेट सेवा सञ्चालन गरिएको छ । वीरेढाँटी, घान्द्रुक, घोडेपानी र तातोपानीका सबै पर्यटक होटल र रेष्टुरेन्टमा निःशुल्क वाइफाई इन्टरनेट युक्त भएका छन् । नेपाल टेलिकमले एडिएसएल र वाइम्याक्स इन्टरनेट सहितको रिलेस्टेसन स्थापना गरेपछि यहाँका सबै साना–ठूला होटल रेष्टुराँले ‘फ्रि वाइफाई’ सेवा सञ्चालन गरेका हुन् । वाइफाई सेवा उपलब्ध भएपछि ग्राहकको सङ्ख्यामा वृद्धि भएको होटल रेष्टुराँ सञ्चालकहरु बताउँछन् । ‘स्वदेशी वा विदेशी जो पाहुनाले पनि पहिला वाइफाई सोध्छ अनि मात्र बास । वाइफाई इन्टरनेट नभएको होटलमा आजभोलि पर्यटकले पाइला राख्नै चाहन्न’ पुनहिलका पर्यटन व्यवसायी देवेन्द्र गर्बुजाले भने । आँखामा ठोक्किन आउने हिमालको छायाँमा बसेर अर्गानिक खानेकुरा खाँदै ल्यापटप, नोटवुक वा मोवाइलमा इन्टरनेट चलाउँदा पर्यटक दंग पर्छन् । वाइफाईले होटल र रेष्टुराँको ब्यापार पनि फष्टाएको छ । घोडेपानीमा मात्र होइन अन्नपूर्ण पदमार्ग क्षेत्रका बिरेठाँटी, उल्लेरी, घान्द्रुक र संसारको सर्र्वािधक गहिरो अन्धगल्छीका पर्यटकीय होटल रेष्टुराँहरुमा फ्रि वाइफाई इन्टरनेट जोडेका छन् ।

Post a Comment

 
Top