0
गोल्डेन न्यूज संवाददाता
कास्कीको ढिकुरपोखरीमा रहेको भकरजुङ्ग सामुदायिक वनले सशस्त्र प्रहरी बल कालिकागण मालेपाटनलाई एक ट्रक दाउरा सहयोग स्वरुप दिएको छ । सशस्त्रले विपदका बेला खेलेको भूमिकाको मूल्याङ्ककन गदै दाउरा सहयोग गरेको हो । भकरजुङ्ग सामुदायीक बनका अध्यक्ष दुर्गाप्रसाद पौडेलले कालिका गणको टोलीलाई उक्त दाउरा हस्तान्तरण गरे । देशमा देखिएको इन्धन संकटका कारण गणमा खाना पकाउने ग्यासको अभाव भएपछि सशस्त्रलाई विपद् व्यवस्थापनमा खेलेको भूमिकाको पं्रशसा गदै स्थानीयले दाउरा रहयोग गरेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए । गत भदौमा  लुम्लेमा गएको पहिलोमा शसस्त्रले महत्वपूर्ण भूमिका खेलेको र त्यहीबाट स्थानीयले प्रभावित भएर सहयोगको हात बढाएको पौडेलले बताए । सशस्त्रले विपत्तिका बेला आफनो ज्यानका बाजी राखेर उद्धारमा जुटने गरेको र अहिले देखिएको इन्धन संकटले कालिका गणमा समस्या परेको भन्दै दाउरा सहयोग गरिएको हो । कालिकागणका गणपति फणिन्द्र पौडेलले सामुदायिक बनले गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गदै सशस्त्र र जनताबीचको सम्वन्ध सधै प्रगाढ रहनुपर्ने बताए । उनले आगामी दिनमा पनि जनता र प्रहरी वीचको सम्वन्ध कायम रहनुपने बताए ।





Post a Comment

 
Top