0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ बी वान नेपालका डिष्ट्रिक्ट गभर्नर ध्रुव थापाले फरक–फरक क्षेत्र छानेर कार्यक्रमहरु सञ्चालन गर्न क्लवहरुलाई आग्रह गरेका छन् । लायन्स क्लव अफ पोखरा सप्तगण्डकीले पोखरा वृद्धाश्रममा आयोजना गरेको ज्येष्ठ नागरिकसँग भलाकुसारी तथा जलपान कार्यक्रममा बोल्ने क्रममा गर्भनर थापाले शिक्षा, वातावरण, स्वास्थ्य तथा ज्येष्ठ नागरिकको क्षेत्रमा कार्यक्रम अगाडि बढाउन आग्रह गरे। पोखरा वृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले लायन्स क्लवहरुले विशेष खालका कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गरे । लायन्स क्लव अफ सप्तगण्डकीमा महिला सदस्यमात्र रहेका छन् । क्लवका सदस्यहरुले पोखरा वृद्धाश्रममा रहेका वृद्ध वृद्धाहरुलाई सेलरोटी, कपडा, फलफूल तथा विस्कुट वितरण गरेका थिए । 
कार्यक्रमका लागि लायन गोमा पराजुलीले स्पोन्सर गरेका थिए । उनले आफ्नी सासु आमाको स्मृतिमा वृद्ध–वृद्धाहरुलाई सेवा गर्ने भावका साथ आफूले कार्यक्रम स्पोन्स गरेको जानकारी दिए । लायन अन्जु कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन श्रेष्ठले गरेका थिए ।  पोखरा वृद्धाश्रममा असहाय एवं वेवारिसे अवस्थाका वृद्धहरुले आश्रय लिइरहेका छन् ।

Post a Comment

 
Top