0
जुनियर रेडक्रस सर्कल, साइनिङ्गस्टार बोर्डिङ्ग स्कुल लेकसाइडद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । वार्षिक कार्यक्रम अन्तर्गत आयोजना हुदै आएको कार्यक्रमको एक समारोहका विच विद्यालयका निर्देशक नारायण प्रसाद पाण्डे र नेपाल रेडक्रस सोसाइटी कास्की शाखा सभापति बामदेव ढुङ्गानाले पहिलो रक्तदाता विद्यालय शिक्षक कृष्ण गिरी र महिला रक्तदाता युवा नेतृत्व नेपालका प्रतिनिधि सम्झना अधिकारीलाई रक्तपोका हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा सञ्चारकर्मि विष्णु सापकोटा, पोखरेली रंगकर्मी नविन घायल, ३२ पटक रक्तदान गरिसकेको टिकाज होलिडे इनका टिका पहारी लगाएतले रक्तदान गरेका थिए । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि ढुङ्गानाले रगतको अभाव भएको वर्तमान अवस्थामा रक्तदानको महत्व थप बढेको बताए । विद्यालय निर्देशक नारायण पाण्डेले मानव स्वास्थ्य र सेवाका लागि पनि सबैले रक्तदान गर्नुपर्ने औंल्याए । कार्यक्रममा समाजसेवी गणेश ढकाल, विद्यालय व्यवस्थापन समितिका सदस्य लालबहादुर कुँवर, फत्तबहादुर थापा, युवा नेतृत्व नेपालका अध्यक्ष कृष्ण अधिकारी, जगदम्बा आमा समुहका हिरु पहारी लगायतले रक्तदानको महत्वबारे प्रकाश पारेका थिए । कार्यक्रमका सभापति विद्यालयका प्राचार्य अर्जुन प्रसाद पाण्डेले विद्यार्थीहरुलाई किताबी ज्ञानका अलावा सामाजिक उत्तरदायित्व बुझाउनका लागि पनि विद्यालयले क्यालेण्डरमै यस्तो कार्यक्रमलाई समेटेको बताए । विद्यालय शिक्षिका जुना खड्काले कार्यक्रम सञ्चालन गरेकि थिइन् ।
यसैगरी पुईमे बचत तथा ऋण सहकारी संस्था लिमिटेडले खुल्ला रक्तदान कार्यक्रमको आयोजना ग¥यो । रक्तदानमा ४५ युनिट रगत संकलन भएको छ । पोखरामा रगतको अभाव रहेको बेला आफ्नो तेस्रो र्बाषिक उत्सबको अबसर पारेर पुईमे बचत तथा ऋण सहकारीले रक्तदान कार्यक्रम गरेको संस्थाका सल्लाहकार लेखनाथ अर्यालले जानाकारी दिए ।
संस्थाका अध्यक्ष गुरुङले पहिलो रक्तदाता सचिब बिक्रम गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरि रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष मनशोभा गुरुङ, कोषाध्यक्ष चिजकाजी गुरुङ, संचालक सदस्य कोपिला पोख्रेल लगायतले रक्तदानको महत्व बारे बोलेका थिए । संस्थाका अध्यक्ष भरतबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव बिक्रम गुरुङले गरेका थिए भने स्वागत कर्जा प्रबन्धक ननश्री गुरुङले गरेका थिए ।


Post a Comment

 
Top