0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं.१० को आ.व.२०७३÷ ०७४ को वडास्तरीय योजना तर्जुमा गोष्ठी वडास्तरीय राजनीतिक संयन्त्र, टोल विकास संस्था, महिला समूह, नागरिक मञ्च र वडा भित्र रहेका विशिष्ठ व्यक्तिहरुको उपस्थितिमा सम्पन्न भयो । गोष्ठीमा हरेक वर्ष उत्कृट टोल विकास संस्थालाई सम्मान गर्दै आइरहेकोमा २०६८ मा गौतम बुद्ध मार्ग टोल विकास संस्था, २०६९ मा सिमलबोट मार्ग, २०७० मा राममार्ग र २०७१ मा रामबजार टोल विकास संस्थालाई उत्कृष्ट टोलको रुपमा सम्मान गर्दै आइरहेकोमा २०७२ सालमा टोलमा उत्कृष्ट कार्य गरी समाज परिवर्तन गर्न सक्षम टोल अन्नपूर्ण मार्ग ए टोल विकास संस्था पोखरा औद्योगिक क्षेत्र पोखरा १० लाई सम्मानपत्र र खादा, टिका लगाई सम्मान गरिएको थियो ।
 
कार्यक्रममा आर्थिक वर्ष २०७३÷०७४ का लागि वडास्तरीय योजना, नगर स्तरीय योजना, जिल्लास्तरीय योजना, केन्द्रीय स्तरीय योजना लगायत अमरसिंहचोकमा आकाशेपुल, सार्वजनिक शौचालय निर्माण, सडक सोलार बत्ति जडान, सेतीनदी कटानको संरक्षण, सेती नदी किनारमा फुटट्रयाक निर्माण लगायत ५ करोडभन्दा माथिको योजना छनौट गरी वडा विकासको लागि माग गरी पे्रसर खानेपानी लाइन विस्तार गर्ने योजना पारित गरिएको थियो । गोष्ठीमा पोखरा उपमहानगरपालिका कार्यालयका राजनीतिक संयन्त्र बोर्ड सदस्य हरिप्रसाद बराल, नगरपालिका राजस्व शाखाका शाखा अधिकृत निल बहादुर कार्की, पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष योगेन्द्र बस्नेत, नेपाली काँग्रेस वडा इकाई समिति १० का अध्यक्ष विष्णु प्रसाद र्शा, वडा नागरिक मञ्च वडा नं.१० का अध्यक्ष हिमालय बख्रेल, भानुमार्ग टोल विकास संस्थाका अध्यक्ष विजय कुमार गुरुङ्ग, माछापुच्छे«े टोलका अध्यक्ष राजु श्रेष्ठ लगायतले आ–आफ्नो विचार राख्दै वडाबासीको आवश्यकता अनुसार हरेक कार्यमा नगरपालिकाले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
 
कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समिति, टोल विकास संस्थाहरु, महिला समूहहरु, स्वयंसेवी, वडा नागरिक मञ्च, बाल श्रम मञ्च, वडाका बुद्धिजीविहरु, संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको गोष्ठीमा टोल विकास संस्था वडा समन्वय समिति वडा नं.१० का अध्यक्ष सम्मरबहादुर श्रेष्ठले स्वागत गर्दै योजना तर्जुमा गोष्ठीबारे जानकारी गराएका थिए । नगरपालिका कार्यालयका बरिष्ठ इन्जिनियर चन्द्रप्रसाद काप्mले, बरिष्ठ प्रहरी निरीक्षक बसन्त चालिसे, मोहन ढुङ्गानाको उपस्थिति रहेको गोष्ठीमा वडा नं.१० का सचिव नवराज थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन सामाजिक परिचालक टिकादेवी कंडेल कोइरालाले गरेकी थिइन ।





Post a Comment

 
Top