0
गोल्डेन न्यूज संवाददाता
पश्चिमाञ्चल क्षेत्रीय कार्यलयका प्रमुख क्षेत्रीय प्रशासक केदार बहादुर अधिकारीले सरकारले शिक्षाको क्षेत्रमा ठूलो लगानी गरेको र त्यसको प्रतिफल पनि पश्चिमाञ्चल क्षेत्रमा राम्रो भएको बताएका छन् । कन्या क्याम्पसको रजत जयन्ति उद्घााटन गर्दै क्षेत्रीय प्रशासक अधिकारीले शिक्षित जनशक्तिनै आर्थिक विकासको आधार रहेको बताए । उनले शिक्षालाई महत्वपुर्ण रुपवमा लिएको र सरकारले प्राथमिक रुपमा लगानी गरेको स्पष्ट पारे । अहिले १७ प्रतिशत लगानी शिक्षामा रहेको बताउदै उनले महिला शिक्षाको हकमा विचैमा कक्षा नछोडुन् भनने उद्देश्यले निशुल्क भर्ना र दुर्गम क्षेत्रका विद्यार्थिलाई विभिन्न छात्रवृत्ति ल्याएको जानकारी दए । क्याम्पसले रजत जयन्ती विभिन्न कार्यक्रम गरि वर्ष भरी मनाउने क्याम्पस संचालक समितिका अध्यक्ष योगेन्द्र प्रधानको भनाई रहेको छ । क्याम्पसमा अहिले मानविकी, व्यवस्थापन, शिक्षा शंकायका कक्षाहरु संचालन भइरहेको क्याम्पस प्रमूख सुरेश मानन्धरले जानकारी दिनुभयो । क्याम्पसमा अहिले ८ सय छात्रा अध्ययन गरीरहेका छन् ।





Post a Comment

 
Top