0
गोल्डेन न्यूज संवाददाता
रामबजार टोल विकास संस्था रामबजार १०, १५ को कार्यक्षेत्र भित्र रहेका १८ वर्ष मुनिका बालबालिकालाई भेला गरी पोखरा उपमहानगरपालिका कार्यालयको नीति अनुसार एक समारोहका बीच रामबजार बालक्लव नामक क्लवको गठन गरिएको छ । टोल विकास संस्था वडा समन्वय समिति वडा नं.१० का अध्यक्ष एवम् टोल विकास संस्था रामबजार १०, १५ का अध्यक्ष सम्मर बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न बाल क्लव गठन कार्यमा टोल विकास संस्था रामबजारका कोषाध्यक्ष सूर्य मोहन ढकाल, श्रीकृष्ण मन्दिर आमा समुहका सचिव कमला गुरुङ्ग, भीमसेन टोलका सल्लाहकार जित बहाुदर गुरुङ्ग, ओमकार श्रेष्ठ, गगन ताम्राकार, बसन्ती तझ्या, सोनाम गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सभाध्यक्ष श्रेष्ठले बाल क्लव गठनको विषयमा बालबालिकालार्य जानकारी गराउँदै बालअधिकार, काम, कर्तव्य र त्यसको व्यवस्थापन कसरी गर्नुपर्ने, बालअधिकार हनन हुन बालबालिकाले जान्नुपर्ने र सिक्नुपर्ने कार्यको विषयमा चर्चा गरेका थिए । नवगठित बाल क्लवको १५ सदस्यीय कार्यसमितिको अध्यक्षमा दिपशिखा नेपाली, उपाध्यक्षमा एलिना नेपाली, सचिवमा सम्झना नेपाली, कोषाध्यक्षमा सन्ध्या नेपाली र सदस्यहरुमा रोनिका गुरुङ्ग, रोजु रिजाल, दिपक राना, यमन पुन, दिपेश नेपाली, रोनिल श्रेष्ठ, सुवास थापा, सपना श्रेष्ठ, सन्तोष दुरा, सुविन गुरुङ्ग र निर्केश गुरुङ्ग रहेका छन् । बाल क्लवले वडा नं.१० रामबजार क्षेत्रमा रहेका बालबालिकाको हकहितका विषयमा काम गरी वडा १० मार्फत पोखरा उपमहानगरपालिकालाई बाल अधिकारसम्बन्धी कार्यक्रम ल्याई घरघरमा बालअधिकार प्राप्ति गराउन पहल गर्ने नवनिर्वाचित अध्यक्ष दिपशिखा नेपालीले प्रतिवद्धता जनाइन् । कार्यक्रममा उपस्थित बालबालिकालाई टोल विकास संस्था रामबजारका कोषाध्यक्ष सूर्यमोहन ढकालले स्वागत गरेका थिए भने टोलका सदस्य ओमकार श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।



Post a Comment

 
Top