0
गोल्डेन न्यूज संवाददाता
 अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय अध्यक्ष सुबोधराज प्याकुरेलले मधेशमा जारी आन्दोलन आन्दोलन नभइ आतंकवाद भएको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय कास्कीको आयोजनामा वर्तमान सङ्कट र मानवअधिकार रक्षकको अवस्था बिषयक छलफल कार्यक्रममा प्याकुरेलले उक्त कुरा बताएका हुन् । मधेश आन्दोलनका कुनै घोषित माग नभएकोले त्यो आन्दोलन नभइ आतंकवाद भएको उनको भनाइ थियो । प्याकुरेलले अहिले देश नालापानी पछिको राष्ट्रिय स्वाधिनताको दोस्रो लडाई लडिरहेकोले यो संकटको जनता स्वयमले नै प्रतिकार गर्नुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय निमित्त निर्देशक सम्झना शर्माले सरकारले तराइमा जारी आन्देलनरत पक्षसंग वार्ता गरी जति सक्दो चाडो समस्याको समाधान गर्नुपर्ने बताए । साथै उनले समस्या समाधानका लागि आन्दोलनरत पक्ष र सरकार दुबै लचिलो हुनुपर्ने बताए । छलफल कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य चन्द्रमणि अधिकारी लगायतले तराई मधेशमा जारी आन्दोलनको समाधान नखोजिए देश आर्थिक संकटमा फस्ने भन्दै सरकार समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताएका थिए । कार्यक्रम अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक पश्चिमाञ्चलका क्षेत्रीय संयोजक शिव खकुरेलको अध्यतामा सम्पन्न भएको थियो ।

Post a Comment

 
Top