गोल्डेन न्यूज संवाददाता

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका ल्याव टेक्निसियन अधिकृत राजेन्द्र पाण्डेले युआरएल गरिब जनताको पहुँमा समेत पुग्नुपर्नेमा जोड दिए । उनले युआरएल धेरै महंगो भएको आफूले सुनेको प्रसङ्ग कोट्याउँदै यसअघि जे जस्तो भएपनि गरिब, अशक्त र निमुखा जनताका लागि जस्तो सुकै कदम चालेर अघि बढ्ने विश्वास व्यक्त गरे । युआरएलका अध्यक्ष चेतबहादुर गुरुङले सरकारको नीति र निर्देशनमा अधिनमा रहि जनताको स्वास्थ्य सेवामा सदैव लागिपर्ने प्रतिवद्धता जनाए । उनले भने–‘हामीले सेवा संचालन गरेका छौं । यसमा सामाजिक र मानवीय सेवामा कुनै कमि हुनेछैन ।’ गरिब, अशक्त र निमुखा जनताको स्वास्थ्य सेवामा युआरएलले सानो मन नबनाउने प्रतिबद्धता जनाए ।
युआरएलले २ वर्षमा गरेको कार्य पं्रगति र भावी रणनीति बारे प्रकाश पार्दै प्रबन्ध निर्देशक ठाकुर प्रसाद पन्तले युआरएलबाट करिब ३५ हजार जनताले स्वास्थ्य सेवा पाएको र ३ लाख ५० रगत परीक्षण गरिएको जानकारी दिए । हरेक मानिसले आफ्नो रोग लुकाएरै राख्ने गरेको प्रसङ्ग कोट्याउदै उनले ३५ हजार मानिसको स्वास्थ र रगतको नमूना परीक्षण गर्दा सुगर, थाइराइड र भिटामिन डीको कमि अत्यधिक भएको पाइएको बताए । युआरएलको सेवा देशभरका जनताले पाइरहेको भन्दै प्रवन्ध निर्देशक पन्तले थप सेवा र सुविधाका साथ अघि बढ्ने प्रतिवद्धता जनाए । युआरएलमा गरिएको रगत परीक्षण कहिल्यै र कुनैपनि फेल नभएको स्पष्ट पार्दै काठमाडौंका अस्पतालमा संचालित सेवा भन्दा युआरएलको सेवा २०–३० प्रतिशत सस्तो भएको स्पष्ट पारे । युआरएलमा क्यान्सरका सबै किसिमका परीक्षण हुने जानकारी गराउँदै उनले सेवा र सुविधा थप गरेर गुणस्तरीय सेवा प्रदान गर्न आफूहरु प्रतिवद्ध रहेको बताए । युआरएलको सहयोग र सहकार्यमा पोखरा लगायत आसपासका १३ स्थानमा शिविर संचालन गरि विविध सेवा उपलव्ध गराएको स्पष्ट पारे ।
रेडियो अन्नपूर्णका कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले युआरएलले जुन जमर्को गरेको छ त्यो हिजो पनि आवश्यक थियो, आजपनि आवश्यक छ र भोलिपनि आवश्यक पर्ने भन्दै युआरएलको जुन चर्चा छ त्यसलाई आगामी दिनमा पनि कामय राखेर अघि बढ्न सुझाव दिए । उनले युआरएलले लिएको नारा र प्रदान गरेको सेवाले सबैतर्फ प्रशंसा पाएको बताए । कार्यक्रममा स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद बाँस्तोलाले युआरएल स्वास्थ्य क्षेत्रमा प्रतिस्पर्धात्मक रुपमा अघि बढेको भन्दै गुणस्तरीय सेवा उपलव्ध गराउन सदैव प्रतिवद्ध हुनुपर्नेमा जोड दिए । अहिलेको परिवेशमा पोखरामा आयोजना हुने स्वास्थ्य शिविरमा युआरएल बिना अधुरो हुने स्पष्ट पार्दै उनले युआरएलको सेवा संचारकर्मीले पनि पाउनुपर्नेमा जोड दिए । कार्यक्रममा युआरएलका संचालक दिनेशबाबु खड्का, वेवपेज नेपालका प्रवन्ध निर्देशक प्रितमशेन ठकुरी र संचारकर्मी ऋषि खतिवडाले पनि बोलेका थिए । युआरएलद्वारा संचालित वेवसाइटमा युआरएलमा उपलव्ध सेवा, गरेका काम र भूमिकाहरु, संचालक समिति, कर्मचारी र विभिन्न किसिमका न्यूजहरु समावेश गरिएको छ । युआरएलले गर्ने थप सेवाहरुको बारेमा समेत वेवसाइटमार्फत जानकारी गराउँदै अघि बढ्ने निर्देशक पन्तले बताए ।
Post a Comment