0
गोल्डेन न्यूज संवाददाता
पोखराको सिमलचौरमा रहेको आत्मीय जागरण केन्द्रले देउसी भैलोमा संकलित रकम एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । देउसी भैलोबाट २ लाख ६ हजार ७ सय ४१ रुपैयाँ जम्मा भएको र ५० हजार ६ सय ३० रुपैयाँ खर्च कटाइ कोषमा १ लाख ५६ हजार १११ रुपैयाँ रहेको केन्द्रका कोषाध्यक्ष सपना गुरुङले जानकारी दिइन । उनले महिला सशक्तिकरण र केन्द्रको भवन निर्माणका लागि आर्थिक स्रोत जुटाउन केन्द्रमा आवद्ध सदस्यहरु देउसी भैलो खेलेको बताइन । कार्यक्रमका प्रमुख अतिथि संचारकर्मी एवं महिला उद्यमी सिता बरालले देउसी भैलोको रकमलाई सार्वजनिक गर्नु निकै सकारात्मक भएको भन्दै आर्थिक पारदर्शिता समुन्नत समाजको अपरिहार्य पाटो भएको स्पष्ट पारिन । उनले आत्मनिर्भर हुन सकें हिंसाको न्यूनिकरण हुने भन्दै परनिर्भरतानै महिलाको शत्रु भएको बताइन । सो कार्यक्रममा मानव मिलन नारी जागरणमा हालै निर्वाचित भएकी अध्यक्ष पार्वती पौडेललाई सम्मान समेत गरिएको थियो । सम्मानित पौडेलले समाज परिवर्तनका लागि महिला एकता र लगनशिलता आवश्यक रहेको बताइन । उनले आत्मीय जागरण केन्द्रले समाज परिवर्तनमा  सकारात्मक कदम चालेको भन्दै प्रशंसा गरिन् । कुँवर समाजका सचिव राजकुमार श्रेष्ठले समानताका लागि घर–घरबाट महिला पुरुष दुवै जुट्नुपर्नेमा जोड दिए । आत्मीय जागरण केन्द्रकी अध्यक्ष नौली श्री गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव शोभा आचार्यले गरेकी थिइन ।
यसैगरी सहारा क्लब पोखराद्वारा नेपालीहरुको महान चाड दिपावलीको अवसरमा संस्कृतिको जगेर्ना गरांै,सहारा एकेडेमीलाई सहयोग गरौं भन्ने उद्देश्य अनुरुप आयोजित देऊसी भैलो कार्यक्रम बाट ३ लाख ३९ हजार ९६३ रुपैयाँ आर्थिक संकलन भएको छ । उक्त रकम क्लबद्वारा सञ्चालित सहारा एकेडेमीका प्रशिक्षार्थीहरुको व्यवस्थापनमा खर्च गरिने छ । सहारा क्लब पोखराले सबै सहयोगदाता हरुलाई धन्यवाद व्यक्त गरेको छ । सहारा एकेडेमीमा १६ जिल्लाका २६ प्रशिक्षार्थीहरु आश्रित छन । उनीहरुको पालनपोषण, शिक्षादिक्षा स्वास्थ्य र फुटबल प्रशिक्षण लगायतको सुविधा क्लबले निःशुल्क रुपमा प्रदान गर्दै आईरहेको छ ।   





Post a Comment

 
Top