0
गोल्डेन न्यूज संवाददाता
अनौपचारिक क्षेत्र सेवा केन्द्र
(इन्सेक) मा आबद्ध मानवअधिकार निगरानी समूह कालिका गाविसद्वारा शिक्षा, स्वास्थ्य र खाद्य तथा कृषि सम्बन्धी बिषयमा सराकारवाला निकाय र स्थानीय सेवाग्राहीका बीच अन्तरक्रिया गरिएको छ ।
मानव अधिकार निगरानी समूह कालिका गाविस अध्यक्ष वीरेन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय जनज्योती उच्च माविका प्राचार्य माधव प्रसाद पौडेलले शिक्षा क्षेत्रमा भएका गतिविधि तथा सेवाग्राहीका जिज्ञासाको जवाफ दिएका थिए । यसैगरी कृषिका लागि मल बीउविजन तथा किटनाशक औषधिहरुको अभावमा किसानहरुले उत्पादनमा कमि आएको भन्दै कृषि सम्बन्धी गरेको गुनासोमा कृषि सेवा केन्द्रका प्राविधिक सहायक कालिप्रसाद अधिकारीले प्रष्ट पारेका थिए भने जनताको आधारभूत स्वास्थ्यका सवालमा संविधान निर्माणपछिको देशको नाकाबन्दी र मधेश आन्दोलनको प्रभाव गाउँ–गाउँसम्म पनि पुगेको भन्दै स्थानीय ग्रामिण स्वास्थ्य चौकीहरुमा सिटामोल अभाव हुन थालेकोे भन्दै सेवाग्राहीले राखेको गुनासोप्रति स्वास्थ्यचौकी प्रमुख महेश जैशीले नाकाबन्दी र इन्धन अभावको कारण औषधि आउन नसकेको बताउँदै आवश्यक परिमाणमा औषधि वितरण हुन नसकेको जानकारी गराएका थिए । सो अवसरमा जनताको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सुनिश्चित गर्न समेत निगरानी समूहले माग गरेको समूहका अध्यक्ष वीरेन्द्र भण्डारीले बताएका छन् ।
इन्सेक कालिका गाविस सहजकर्ता सुवास सुवेदीको सञ्चालनमा भएको कार्यक्रममा कालिका गाविस सहायक माधव प्रसाद ढकाल, जनज्योती उच्च माविका प्राचार्य माधव पौडेल लगायतका व्यक्तिहरुले समसामयिक बिषयमा बोलेका थिए ।



Post a Comment

 
Top