0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री गोपालमान श्रेष्ठले १३औं महाधिवेशनपछि कांग्रेसमा आमूल परिवर्तन आउने बताएका छन् । आगामी महाधिवेशनबाट कांग्रेसको नेतृत्वसहित सोचाईमा पनि परिवर्तन आउने उनले बताए । नेपाली कांग्रेस कास्कीले शनिबार पोखरामा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उनले महाधिवेशन पछि मुलुकको नेतृत्व नेपाली कांग्रेसले नै गर्ने दावी गरे । मुलुकको नेतृत्व नेपाली कांग्रेस बाहेक अरु कसैलै गर्न नसक्ने दावी गर्दै उनले भने–‘२००७ सालदेखि नै नेपाली कांग्रेसले मुलुक र नेपाली जनताको क्रान्तिको नेतृत्व गर्यो, नेपालको नयाँ संविधान निर्माण पनि कांग्रेसकै नेतृत्वमा भयो । अब संविधानको सफल कार्यान्वयन पनि कांग्रेसकै नेतृत्वमा हुन्छ ।’ संविधान निर्माण गर्न बनेका ४ वटा कम्युनिष्ट नेतृत्वको सरकारले नसकेको भन्दै नेता श्रेष्ठले कांग्रेसले नेतृत्व गरेको छोटो समयमै सफलतापूर्वक सम्पन्न गरेर देशलाई निकास दिएको स्पष्ट पारे । संविधान जारी भएपछि केही समूहले विरोध गर्दै उनले आन्दोलन गरेको भएपनि व्यवस्थापिका संसदमा पेश भएको विधेयकपछि सबै समस्या समाधान हुने दावी गरे । 

कांग्रेसको आगामी महाधिवेशन मा कास्कीले केन्द्रीय पदाधिकारीमा दावी गर्नुपर्नेमा जोड दिंदै नेता श्रेष्ठले कांग्रेसको हरेक संगठन चुस्त–दुरुस्त बनाउन कास्की कांग्रेसले नै सक्रियता देखाउनुपर्ने बताए । कार्यक्रममा केन्द्रीय सदस्य बालकृष्ण खाँडले प्रजातन्त्रमा कांग्रेसभित्र विवाद हुनु स्वभाविक भएको बताए । पार्टीभित्र विवाद हुन्छन् तर त्यसको व्यवस्थापन महत्वपूर्ण पक्ष भएको भन्दै उनले त्यस विवादले दूरगामी रुपमा पार्ने असरबारे ध्यान पुर्याउनु पर्नेमा जोड दिए । ‘नेपाली कांग्रेस पार्टी सधैं प्रतिपक्षमा बस्दैन’ उनले भने–‘महाधिवेशनपछि कांग्रेसले मुलुकको नेतृत्व लिन्छ ।’ कांग्रेस सुध्रिएमात्र  प्रजातन्त्र बलियो हुने भन्दै नेता खाडले नेपाली कांग्रेसको अबको नेतृत्व सक्षम व्यक्तिलेमात्र गर्नुपर्नेमा जोड दिए । उक्त अवसरमा अर्का केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले मुलुकको हितका लागि सबै पार्टी मिल्नुको विकल्प नरहेको स्पष्ट पारे । कार्यकर्ता भेला कास्की सभापति एवं सांसद यज्ञबहादुर थापाको अध्यक्षतामा भएको थियो ।
यसैबीच नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले विपि कोइराला नेपालको मात्र नभै प्रजातान्त्रिक समाजवाद विचारको दृष्टिकोणबाट विश्वको नेता भएको बताएका छन् । ‘वर्तमान सन्दर्भमा नेपाली राजनीति’ विषयक पोखरामा आयोजित विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै पूर्वमन्त्री समेत रहेका खाँडले विपिको विचारलाई काँग्रेसका कार्यकर्ताले छोड्दा पार्टी कमजोर भएको बताए । नेता खाँडले राष्ट्रियता र लोकतन्त्र कसैले हरण गर्न नसक्ने भन्दै वर्तमान ओली नेतृत्वको सरकार उखान टुक्काबाट सुरु भई रत्यौलीमा पुगेको बताए । छिमेकी राष्ट्र तथा अन्यमा कुटनीतिक रुपले फेल भएको सरकारले भूकम्प पीडित तथा नकाबन्दीबाट चौपट जनजीवन र उद्योगीलाई कुनै राहत दिन नसक्ने उनले बताए । विपि चिन्तन प्रतिष्ठान कास्कीका संयोजक झविन्द्रराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा युवा नेता विश्वप्रकाश शर्माले नेपाली काँग्रेस उत्साहित भएर लाग्न सवैमा आग्रह गरे । विपिको बाटोलाई राजा महेन्द्र, मदन भण्डारी र प्रचण्डले ढिलो गरी बुझ्दा नेपाली जनताको हत्या र राष्ट्रको विकास हुन नसकेको ठोकुवा गरे । विपिको विचार माले, मण्डले र मसालले समेत स्वीकारेको स्पस्ट पार्दै कार्यकर्ताले निराशा नभै प्रतिष्पर्धामा नै प्रेम भावले हेर्न अनुरोध गरे । आन्तरिक प्रतिष्पर्धामा प्रतिद्वन्दी ठान्ने संस्कार विपिले नसिकाएको भन्दै पार्टीको जीवनमा नविनता थप्दै आत्मबल सुधान लाग्नुपर्ने बताए । प्रतिष्ठानका सचिव देवेन्द्र रानाभाटको सञ्चालन र दीपक बाँस्तोला, नेपाली कांग्रेस कास्की सभापति यज्ञबहादुर थापाले आन्मनिन्दा बढ्यो भने आत्मदाहमा परिणत हुने भन्दै कम बुझेर काँग्रेसले यसो ग¥यो, उसो ग¥यो, बवार्द पा¥यो भन्ने छुट कसैसंग नभएको तर्क राखेका थिए । कार्यक्रममा काँग्रेस नेतृ शारदा पौडेल, बृन्दा राना, नेता शोभियतबहादुर अधिकारी, खेमराज पौडेल, कृष्ण के.सी., देवराज चालिसे, गुरु घिमिरे लगायतले संविधान सभाबाट संविधान ल्याउनु विपिको सपना पुरा गर्न काँग्रेस सफल भएको भन्दै १३औं महाधिवेशन एकताको महाधिवेशन बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरुले पार्टीको गतिशिलता र ओनरसिप लिन नसक्दा÷नजान्दा काँग्रेसको भविष्य कमजोर भएको बताएका थिए । समाजको आवश्यकतालाई नेपाली काँग्रेसले पुरा गर्नु पर्ने भन्दै एक व्यक्ति एक पद र भागवण्डाको राजनीति अन्त्य हुनुपर्नेमा समेत जोड दिएका थिए ।






Post a Comment

 
Top