0
छैठौँ विग आईकनको अडिसन आईतबारदेखि शुरु भएको छ । आईतबारदेखि शुरु भएको पहिलो चरणको अडिसन अन्तरगत पहिलो दिन ५२ जनाले अघिल्लो चरणको लागि ग्रीन कार्ड प्राप्त गरे । आईतबार भएको पहिलो दिनको अडिसनमा १ सय ३० जनाले अडिसनमा सहभागिता जनाएका थिए । पुम्दीभुम्दीकी विनिता सुनारले आईतबार पहिलो ग्रीन कार्ड प्राप्त गरिन् । पाँचौ विग आईकन कुन्साङ गुरुङको हातबाट उनले ग्रीन कार्ड प्राप्त गरेकी थिईन् । प्रतियोगितामा ४२ जिल्लाका ९ सय ३ जना गायन प्रतिभाहरुले सहभागिता जनाउने एफएमले जनाएको छ । 
आईतबार छैठौँ विग आईकनको शुरुवाती दिनमा एक विशेष औपचारिक कार्यक्रममा विग एफएमका अध्यक्ष महेश भण्डारीले विग आईकनमा देखिएको सहभागीहरुको भीडले ईभेन्टको क्रेजलाई पुष्टी गर्ने बताए । ‘विग आईकन अहिले नेपालकै सबैभन्दा ठुलो गायन रियालिटी शो बनेको छ । र, यसलाई नेपालकै सबैभन्दा उत्कृष्ट मञ्च बनाउन यस्तै एफएमका कर्मचारी, स्रोता र व्यवसायिक संघ–संस्थाहरुको हात रहेको छ ।’–‘यो मञ्च अझै विस्तारित र व्यवस्थित हुँदै जाने कुरामा हामी सबैलाई विश्वस्त बनाउन चाहन्छौँ ।’ त्यस्तै आईतबार निर्णायकद्वय श्यामसुङ तामाङ र विनोद बानियाँले छैठौँ विग आईकनका सहभागीहरुलाई सफलताको शुभकामना दिए । ‘यो एउटा प्रतिस्पर्धा हो । र, हामीले प्रतिभाको आधारमा सहभागीहरुलाई छान्दै जाने हो ।’ निर्णायकहरुले भने–‘प्रतिभावानलाई हामीले प्रस्तुतीको आधारमा छान्नेछौँ भने बाहिरिने सहभागीहरुले पनि केहि सिक्ने मौका भने अवश्य पाउनेछन् ।’ 
विग आईकनको यो सिजन अबको दुई महिनासम्म चल्ने एफएमले जनाएको छ । पहिलो चरण अन्तरगत दोस्रो दिनको अडिसन आज सोमबार विहान ८ बजेदेखि न्यूरोडस्थित स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बारमा हुने एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले जानकारी दिए ।
यो पटक विग आईकनको निर्णायक मण्डल पनि पाँच जनाको रहेको छ । यस अगाडि निरन्तर रुपमा निर्णायक रहँदै आएका श्यामसुङ तामाङ, सुनील थापा, विनोद बाँनीयासँगै चर्चित गायकद्वय कर्णदास र विवेक श्रेष्ठ पनि निर्णायक रहेका छन् ।  छैठौँ सँस्करणको विग आईकनको विजेताले उपाधीसँगै १ लाख ७५ हजार रुपैयाँ बराबरको हिरो ड्यास स्कुटर र बेलायतको साँगीतिक यात्रा पुरस्कार स्वरुप पाउने एफएमले जनाएको छ ।






Post a Comment

 
Top