0
पोखरा १ बगर पुरानो टुडिखेलमा रहेको बुद्धटोल युवा क्लवले १०औं सेभेन ए साइड फुटवलको आयोजना गर्ने भएको छ । पोखराको पुरानो टुडिखेलमा आयोजना हुने उक्त सेभेन ए साइड फुटवल आगामी पुष ४ देखि १० गतेसम्म सञ्चालन हुने भएको हो । प्रत्येक वर्ष सेभेन ए साइड फुटवलको विकास र खेलकुदको माध्यामबाट भाइचारा सम्वन्ध सञ्चालन गर्ने उद्देश्यले सञ्चालन हुदै आएको सेभेन ए साइड फुटवल अन्तर्गत यस वर्ष १०औ संस्करणको फुटवल प्रतियोगितालाई सफल बनाउन प्रदिप राइ (दारसिङ दाई)को संयोजकत्वमा विभिन्न उपसमितिहरु बनाइ प्रतियोगिताको तयारीमा लागी परेको क्लवका अध्यक्ष अरुण गुरुङले जानकारी दिए । करिब ५० टिम सहभागी हुने प्रतियोगितामा प्रथम हुने टीमलाई नगद एक लाख एक हजार एक सय एघार, शिल्ड, मेडल र प्रमाण पत्र र द्वितीय हुनेलाई पच्पन्न हजार पाँच सय पचपन्न, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने खेल संयोजक प्रदिप राइ (दारसिङ दाई)ले जानकारी दिए । प्रतियोगितामा क्वाटर फाइनल देखि प्रत्येक खेलमा म्यान अफ दि म्याच, खेल भरकै सर्बोत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्टर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट गोल किपरलाई विषेश पुरस्कारले सम्मान गरिने आयोजकले जनाएको छ ।

Post a Comment

 
Top