0
गोल्डेन न्यूज संवाददाता
विग एफएमले तिहारको अवसरमा आयोजना गरेको रेडियो गेम शो ‘तिहारको खेल मज्जाको खेल’का विजेताहरुलाई बुधबार पुरस्कार वितरण गरेको छ । रेडियो गेम शो मा सहभागी भएर १४ जना स्रोताहरुले नगद पुरस्कार जितेका थिए । यो पटकको तिहारको खेल मज्जाको खेललाई पृथ्वीचोकस्थित फेवा मिनि मार्केटले प्रायोजन गरेको थियो । रेडियो गेम शो का विजेतालाई एफएमले फेवा मिनि मार्केट परिसरमै पुरस्कार वितरण गरेको थियो । रेडियो गेम शो अन्तरगत लेखनाथका नन्दबहादुर गुरुङ र सुमन भट्टराईले सबैभन्दा बढि पाँच हजार रुपैयाँ छुट्टाछुट्टै जितेका थिए ।
 
त्यस्तै तालबेसीका मिलन केसीले ३ हजार, बबिता लामिछानेले २ हजार, नयाँबजारका यामप्रसाद पंगेनीले १ हजार, सुरज शाहिले १ हजार, ईश्वरीले एक हजार रुपैयाँ जितेका थिए । त्यसैगरि नदीपुरका कृष्ण लामिछानेले पाँच सय, देउरालीका विधान घिमिरेले ३ सय, गोरखाका सपना रानामगरले २ सय ५०, सुरक्षा बरालले २० र लमजुङका अमित तामाङले १ रुपैयाँ जितेका थिए । पुरस्कार वितरण गर्दै विग एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले आगामी दिनमा पनि एफएमले गर्ने ईभेन्टहरुमा सहभागी हुन विजेताहरुलाई आग्रह गरे । त्यस्तै विग एफएमका मार्केटिङ म्यानेजर कमल बरालले विजेतालाई शुभकामना दिनुका साथै रेडियो गेम शोमा व्यवसायिक सहकार्य गर्ने फेवा मिनि मार्केटलाई धन्यबाद ज्ञापन गरे । त्यस्तै फेवा मिनि मार्केटका अध्यक्ष कृष्ण गिरीले भर्खरै शुरुवात भएको फेवा मिनि मार्केटको ब्राण्डिङका लागि विग एफएमसँगको सहकार्य फलदायी भएको बताए । ‘चुनौतीपूर्ण अवस्थामा शुरु भएको हाम्रो मार्केटको प्रचारप्रसार गरि ब्राण्डिङ गर्न विग एफएमको रेडियो गेम शोले निकै महत्वपूर्ण भूमिका खेलेको हामीले पाएका छौँ ।’ उनले भने–‘आगामी दिनमा पनि विग एफएमसँगको सहकार्यलाई निरन्तर अगाडि बढाउँदै लैजाने छौँ ।’

Post a Comment

 
Top