0
गोल्डेन न्यूज संवाददाता
सामाजिक जागरणका लागि नारी अभियानले कालोवजारी नियन्त्रणका लागि महिलाहरुलाई प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । विहीवार पोखरामा सम्पन्न अभियानको वैठक तथा समिक्षा गोष्ठीले उक्त निर्णय गरेको हो । अभियन्ता सुष्मा पौडेलको संयोजकत्वमा सम्पन्न वैठकले पोखरामा आयोजना गरिएको वृहत सद्भाव ¥यालिमा प्रत्यक्ष प्रत्यक्ष सहयोग गर्नेदेखि, सहभागी हुने र ¥यालि व्यवस्थापन समितिका विभिन्न उप–समितिलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोग र सहकार्य गर्न अनुरोध गरेको छ । साथै एक दिने वैकल्पिक उर्जा सम्वन्धि कार्यक्रमका प्रशिक्षक तथा सहभागी सवैलाई धन्यवाद ज्ञापन समेत गरेको छ । कार्यक्रम गर्नका लागि मात्र कार्यक्रम आयोजना नगरि समय सान्दर्भिकता अनुरुपको प्रभावकारी कार्यक्रम आयोजना गर्ने संस्थाको लक्ष्य अनुरुप कालोवजारी नियन्त्रणका लागि उपभोक्ता हक अधिकार तथा अनुगमन सम्वन्धी महिलाहरुलाई प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको अभियानका संयोजक सुष्मा पौडेलले जानकारी दिइन ।

वैठकले प्रशिक्षण कार्यक्रम सम्पन्न गर्न अञ्जु केसीको संयोजकत्वमा एघार सदस्सिय उपसमिति समेत चयन गरेको छ । समितिको सह–संयोजकत्वमा शान्ता पुरी, अर्थ संयोजकमा यमकला जिटी रहेकी छिन् भने सदस्यहरुमा उर्मीला पौडेल, पवित्रा केसी, पार्व्ति कार्की, अंविका खड्का, सम्झना सुनार, सविता अधिकारी, कमला गिरी, उषा गोशेली रहेका छन् । कार्यक्रममा शान्ति पौडेल, सरिता घिमिरे, मेनुका पौडेल, ज्ञानु सुवेदी, पार्वती पौडेल, समिता अधिकारी, लक्ष्मी पोख्रेल, कमलादेखी गिरी, यमकला जिटी, पार्वती कार्की, पबित्रा केसी, अञ्जु उशा गोसेली, शान्ता पुरी लगायतले अभियान थालनी भएको एक महिना नपुग्दै उल्लेख्य कार्य गर्न सफल भएको वताए ।


Post a Comment

 
Top