0
गोल्डेन न्यूज संवाददाता
कास्की जिल्लामा बिभिन्न क्षेत्रमा कर्यरत सामजिक परिचालकहरुको जिल्ला भेला सम्पन्न भएको छ । भेलाको आयोजना सिद्धार्थ क्लब र बाल तथा महिला शसक्तिकरण समाज नेपालले गरेका हुन् । स्थानीय शासन र समुदायिक विकास कार्यक्रम अन्तरगतका कास्कीका ३२ वटा गाउँ बिकास समिति तथा पोखरा उपमहानगर पालिकाका २८ वटै वडाका सामाजिक परिचाललक सगँसगैँ बाल तथा महिला शसक्तिरण समाज नेपाल र सिद्धार्थ क्लबमा आबद्ध सामाजिक परिचालकहरु गरी करिब ७० जना सामाजिक परिचालकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै कास्कीका स्थानीय विकास अधिकारी रामचन्द्र तिवारीले सामाजिक परिचालकहरुको समस्या आफै समस्या समाधान गर्नु भन्दा पनि समुदायको समस्य समाधान गर्न सहजिकरण गर्नुपर्नेमा जोड दिए । उनले जुन सुकै सामाजिक सस्थांका नाममा आएको बजेट भएपनि त्यो नेपाली जनाताको नाममा आएको बजेट भएकाले सरकारको बजेट भन्दा फरक नरहेको स्पष्ट पारे ।
 
कार्यक्रममा बोल्दे जिबिस कास्कीका सामाजिक विकास अधिकृत अर्जुन न्यौपानेले सरकारले राखेका विकासमा सहस्राब्दी लक्ष्य प्राप्त गर्नका लागि सामाजिक परिचालनको निकै ठूलो महत्व रहेको र कास्कीका सामाजिक परिचलाकहरुले पूर्ण साक्षरता तथा पूर्ण खोप अभियानमा गरेको योगदान उल्लेख्य रहेको बताए।
सिद्धार्थ क्लबका प्रथम उपाध्यक्ष रवी मर्सानीले सिद्धार्थ क्लबले सामाजिक परिचालनका क्षेत्रमा काम गरेर धेरै अनुभव प्राप्त गरेको बताएका थिए भने गैर सरकारी संस्था माहासघं कास्की सदस्य भुवन पराजुलीले सामजिक परिचालन गैससहरुले गर्ने मध्येको एक प्रमुख काम भएको बताएका थिए । कार्यक्रममा जिल्ला शासन बिज्ञ कृष्ण अवस्थीले सामाजिक परिचालनका बिषयमा तथा आयोजक सस्थां सिद्धार्थ क्लबका कार्यक्रम सयोंजक दुर्गा खनाल तथा बाल तथा महिला शसक्तिकरण समाज नेपालका कार्यक्रम सयोंजक दुर्गा शर्माले एक्सनएड नेपालको साझेदारीमा १० बर्षसम्म सञ्चालित सामाजिक परिचालन कार्यक्रमबाट प्राप्त अनुभव तथा सिकाईहरुका बिषयमा छलफल चलाएका थिए भने बाल तथा महिला शसक्तिकरण समाज नेपालका अध्यक्ष सीता भट्टराईले गरेकी हुन् । कार्यक्रममा ६ वटा समूह बनाई सामाजिक परिचालनका कार्यक्रममा प्राप्त उपलब्धि, शिकाई चुनौती, समाधानका उपायहरु, समुदायमा आएका प्रमुख सवालहरु जस्ता बिषयमा समूहगत छलफल गरिएको थियो ।
 
कार्यक्रमको सञ्चालन सिद्धार्थ क्लबका बाल प्रयोजन प्रमुख बलराम तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा सहभागीको तर्फबाट बोल्दै चेस नेपालका समाजिक परिचालक संयोजक माया रानाले आगामी दिनमा जिल्ला भरीका सबै क्षेत्रका सामाजिक परिचालकहरुको भेलाको आयोजना गर्न सुझाव दिएकी थिइन । लाहाचोक गाबिसका सामाजिक परिचालक कमला पौड्यालले सामाजिक परिचालकहरुको जिल्ला स्तरमा आफ्नै छुट्टै मञ्चको आवश्यकता रहेको तथा आफूहरु जिल्ला स्तरमा मात्र नभई अन्तर जिल्ला स्तरमा पनी पोशाक र काम कर्तब्यका विषयमा एकरुपताका साथ काम गर्न चाहेको बताएकी थिइन ।
त्यस अवसरमा समाजिक परिचालकहरुले हक अधिकारलाई प्रबद्धन गर्न लाहाचोक गाबिसका सामाजिक परिचालक कमला पौड्यालको अध्यक्षतामा ९ सदस्यिया सामाजिक परिचालक हक हित संरक्षण समिति कास्की नामक समूह गठन गरेको सामाजिक परिचालन राजु थापाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।





Post a Comment

 
Top