0
भारतले लगाएको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव बढ्दै गएपछि कालीगण्डकी नदीमा सञ्चालन हुने जलयात्रा समेत प्रभावित भएको छ । पर्वतको छिमेकी पर्यटकीय शहर पोखराबाट कालीगण्डकी नदी किनार सम्म आउनका लागि सहज रुपमा यातायात सञ्चालनमा आउन नसकेपछि जलयात्रा प्रभावित बनेको हो । पर्वतको कुश्मा नगरपालिका २ नयाँपुलदेखि स्याङजाको मिर्मीसम्म तीन दिन लामो जलयात्रा सञ्चालन हुदै आएको छ । असोजको पहिलो सातादेखि नै सञ्चालन भएको जलयात्रा (र्याफ्टिङ) का लागि दैनिक १६ देखि २८ जनासम्म बाह्य पर्यटकहरु कालीगण्डकी नदीमा आउने गरेपनि अहिले सहज रुपमा आवतजावत हुन नसकेपछि र्याफ्टिङ गर्ने पर्यटकको संख्या घटेको छ । पोखरासम्म पर्यटकहरु हवाई यात्रा र अन्य विभिन्न किसिमले आउने गरेपनि पोखराका व्यवसायीहरुले इन्धन अभावकै कारण सहज रुपमा ¥याफ्टिङ गराउन नसकेको पर्यटन व्यवसायी तथा र्या्फ्टिङ गाइड प्रेम गुरुङले बताए । ‘पर्यटकको संख्या पहिला भन्दा बढेको छ’ उनले भने–‘तर इन्धनका कारण पर्यटकलाई कालीगण्डकी किनार सम्म ल्याउन र लैजान असहज भएको छ’ यस अघि सिजन शुरु भएसँगै सातामा दुईदेखि तीन दिनसम्म पर्यटक लिएर आउने गरिएपनि पछिल्लो समयमा इन्धनको जोहो जुटाएर मात्रै आउनुपर्ने अवस्था भएको गुरुङको भनाई छ । पोखरामा विशेषत जलयात्राका लागि ५ वटा कम्पनी रहेपनि अहिले एक्सट्रेम रिभर र्या्फ्टिङ, प्याडल नेपाल र स्वीसाले मात्रै कालीगण्डकी नदीमा र्याफ्टिङ गराउँदै आएका छन् । जलयात्राका लागि पर्यटकहरुको आकर्षण बढेपनि व्यवसायीहरुले इन्धन अभावको समस्या झेल्न बाध्य भएपछि पर्यटकको चहाना समेत गुम्ने गरेको छ । यस बर्ष ५ सय जना पर्यटकले ¥याप्mटिङ्ग गर्ने अनुमान गरिएकोमा जम्मा ५० जना जतिलाई मात्रै स्वीकृत दिन सकिएको स्विसा र्याप्mटिङ्ग एण्ड ट्रेकिङ्ग एक्सपिडीसन प्रा.लि.का प्रबन्ध निर्देशक देब रेग्मीले जानकारी दिए । ‘धेरै ग्रुपलाई क्यान्सिल गर्न बाध्य भयौ’ उनले भने–‘इन्धन अभाबले ट्रेकिङ्गमा खासै समस्या नभएपनि ¥याप्mटिङ्गमा प्रत्यक्ष रुपमा प्रभावित बन्न पुग्यो’ लामो, समथर र कम बहाब भएकाले विदेशी नागरिकहरु अन्य नदीहरु भन्दा कालीगण्डकीलाई नै रोज्ने गरेका छन् । ¥याप्mटिङ्गका लागि कालीगण्डकी नदीमा अहिले विदेशी पर्यटक संगै स्वेदशी पर्यटकको आकर्षण बढ्दै गएको छ । पर्वतमा जलयात्राको लागि काम गर्ने कुनै निकाय नभएकाले छिमेकी शहर पोखराबाट विभिन्न पर्यटन व्यावसायीहरुको सहयोगमा पर्यटकहरु ¥याप्mिटङ्गका लागि कालीगण्डकी नदीमा आउने गरेका छन् । पर्वत सँगै बागलुङ र म्याग्दीले आफ्ना मेला महोत्सवमा र्याफ्टिङको प्रचार–प्रसार गरेपनि त्यसको प्रयोगमा भने कमै मात्रामा ध्यान दिने गरेका छन् । कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरहरुको अवलोकन, प्रदूषण रहित हावापानीबाट पर्यटकहरु प्रभावित हुने पर्यटन व्यावसायीहरु बताउँछन् । पछिल्लो समयमा जलयात्राका लागि इजरायली, अस्ट्रेलिया, युरोपियन मुलुक र अमेरिकी पर्यटकको आवागमन बढेको छ । विदेशमा समेत जलयात्रा गर्दै आएका पर्यटकहरु नेपालको जलयात्रा अन्यत्रको भन्दा अत्यन्त रोमाञ्चक हुने गरेको अनुभव सुनाउँछन ।



Post a Comment

 
Top