0
गोल्डेन न्यूज संवाददाता
सातांै राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमा हुने नहुने अन्यौताका कारण क्षेत्रीय खेलाडी छनोट हाललाई स्थगित गर्न पत्राचार गरेको छ । राष्ट्रिय खेलकुद परिषदले प्रतियोगिता आगामी मंसिर ११ गतेबाट पूर्वाञ्चलमा गर्ने तयारी गरेको भएपनि तराईमा जारी आन्दोलन र बजेट निकासा नहँुदा अन्यौलतमा परेपछि सवै क्षेत्रीय छनोट प्रतियोगिता स्थगित गर्न पत्राचार गरेको हो । राखेपले क्षेत्रीय छनोट हाललाई स्थगित गर्नु भन्दै पत्र पठाएको छ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए ।
 
उनका अनुसार पश्चिमाञ्चल मा बुधबारदेखि बक्सिङको क्षेत्रीय  छनोट गर्ने भनिएपनि बजेट नआउदा सोमबार मात्रै स्थगित गरिएको र मंगलबार राखेपले नै पत्र पठाएर क्षेत्रीय छनोट नगर्न अनुरोध गरेको बताए ।
प्रतियोगिताका लागि बजेट समेत आएको छैन र तराई आन्दोलनका कारण खेलाडिहरुलाई आउन समेत समस्या हुने भएकाले स्थगित  भएको हो । तराईमा भएको आन्दोलन र बजेट अभावका कारण राष्ट्रिय प्रतियोगित पनि केही समय पछाडि सर्दा उचित हुने क्षेत्रीय अध्यक्ष पौडेलले बताए ।
 
तराई आन्दोलनका कारण क्षेत्रीय छनोट र राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउन समस्या हुने भएकाले सार्नु उचित हुने विचार उनको छ । अधिकाश जिल्लामा छनोट प्रतियोगिता सकिएका छने भने केही जिल्लामा मात्रै छनोट गर्न बाँकी रहेका छन् । राखेपको पत्रसंगै क्षेत्रीय छनोट अन्यौलमा परेको छ । अन्तिम समयमा आएर स्थगित गर्दा खेलाडीहरु अन्यौलमा परेका छन् ।



Post a Comment

 
Top