0
गोल्डेन न्यूज संवाददाता
काठमाडौंबाट आएको ग्रेड हिमालय क्रिकेट एकेडेमी विरुद्धको मैत्रीपूर्ण क्रिकेट श्रृंखला माछापुच्छ«्रे क्रिकेट क्लवले जितेको छ । पोखराको नदीपुर स्थित नगर विकास प्रशिक्षण केन्द्र भित्रको खेल मैदानमा सम्पन्न एउटा एक दिवशिय सहितको टी–ट्वान्टी क्रिकेट श्रृंखलामा आयोजक समेत रहेको स्थानिय माछापुच्छ«्रेले जित हाँसिल गरेको हो ।
 
शुक्रबार भएको निर्णायक टी–ट्वान्टी ६ विकेटले जितेपछि उसले श्रृंखला कब्जा गरेको हो । पहिला ब्याटिङ्ग गरपेको ग्रेड हिमालयले पुरा २० ओभर खेल्दै २ विकेटको क्षतिमा १ सय ७३ रनको विशाल योगफल तयार पारेको थियो । उसको पारीमा कप्तान शुभम अग्रवालले ७२ बलमा १ सय १४ रन जोडे । जितका लागि १ सय ७४ रनको विशाल लक्ष्य पछ्याएको माछापुछ«ेले १९ ओभरमा जित हाता पा¥यो । माछापुच्छ«ेको जितमा रोहित क्षेत्रीले ७६ तथा विश्वास गुरुङ्गले २६ रन जोडे ।
 
यसअघिको प्रतिस्पर्धात्मक दोश्रो टी–ट्वान्टी ग्रेड हिमालयले सुपर ओभरमा जितेको थियो । दुवै टोलीको इनिङ्ग १ सय ३१ रनको बराबरिमा सकिएपछि सुपर ओभरमा खेलको निधो भएको थियो । त्यस्तै पहिलो टी–ट्वान्टीमा माछापुच्छ«े १८ रनले विजयी भएको थियो । माछापुच्छ्रेले दिएको ९९ रनको लक्ष्य पछ्याउने क्रममा ग्रेड हिमालय ८० रनमै सिमित बन्दा पहिलो खेल गुमाउन पुग्यो । यसअघि निर्धारित ३० ओभरमा खेलाइएको एक दिवसीयमा माछापुच्छ«े ७ विकेटले विजयी भएको थियो । जितसंगै आयोजक क्लवले ट्रफि प्राप्त ग¥यो । ग्रेड हिमालयका शुभम् अग्रवाल सर्वोत्कृट खेलाडी भए भने आयोजक टिमका अभिषेक थापा र ग्रेड हिमालयका विज्ञान गौतम उदयमान खेलाडी भए । प्रतियोगिताका विजयी खेलाडीहरु लाई नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका निवर्तमान अध्यक्ष विनोद लामिछानेले एक समारोहका विच पुरस्कार प्रदान गरे । पुरस्कार वितरण समारोहमा बोल्दै उनले माछापुच्छ«े क्रिकेट क्लवले कास्कीको क्रिकेट संस्कृती जोगाएको बताए । त्यस्तै आयोजक क्लवका सचिव सुमन गुरुङ्ग, राष्ट्रिय अम्पायर रविन्द्र गुप्ता, ग्रेड हिमालयका अध्यक्ष सुदिप शर्र्मा लगाएतले पुरस्कार वितरण गरेका थिए । आयोजक क्लव अध्यक्ष दिपेश खत्रिको अध्यक्षतमा सम्पन्न समारोह क्लवका कोषाध्यक्ष विवेक चालिसेले सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top