0
गोल्डेन न्यूज संवाददाता
पोखरा ९ नयाँवजारस्थित रामघाटमा निर्माण गरिएको रामघाट पार्कको आईतबार ठूली एकदशीको अवसरमा सांसद तेजकुमारी पौडेलले उद्घाटन गरेकी छन् । रामघाट धार्मिक क्षेत्र विकास समितिको आयोजना तथा सेती गंगा टोल विकास समिति र सौभाग्य महिला समितिको समायोजनमा सम्पन्न सो उद्घाटन कार्यक्रममा कोषाध्यक्ष भावना श्रेष्ठले पार्क निर्माण गर्दा भएको आम्दानी तथा खर्चको विवरण प्रस्तुत गरेका थिए भने पार्क निर्माणमा सहयोग गर्ने सभासद् तेजकुमारी पौडेल र समाजसेवी जगतकृष्ण कर्माचार्यलाई दोसल्ला द्वारा सम्मान गरिएको थियो । कार्यक्रममा पोखरा उमनपा वडा नं. ९, सिद्धमार्ग आमा समुह, नयाँवजार साँस्कृतिक समिति, नेवा मिसा पुच नयाँ वजार, गण्डकी मिनि मार्केट, तुल्सीघाट अस्थायी प्रहरी विट, शान्ति दर्शन महिला समूह, सम्राट आट्र्स, राम मन्दिर संरक्षण समितिलगायत संघ संस्थालाई मायाको चिनो प्रदान गरिएको थियो।
 
त्यसैगरी पार्क निर्माण गर्न आर्थिक सहयोग गर्ने भिम गौतम, मनोज रसाईली, रामराज लामिछाने, साजन ताम्राकार, सुनसरी घले, शम्भुलाल श्रेष्ठ लगायत र प्रचार प्रसारमा सहयोग गर्ने पत्रकार कृष्ण रानाभाटलाई मायाको चिनो सम्मान गरिएको थियो। सोही अवसरमा वडा सचिव लोकदर्शन कोईरालाले रामघाटमा हरेक वर्ष स्वतःस्फुर्त रुपमा मेला लाग्ने गरेकोमा यस वर्षदेखि व्यवस्थित गर्न मेला आयोजक मुल समिति गठन गरि मेलालाई आकर्षक वनाउन विभिन्न कार्यहरु गरेकोमा आयोजकलाई धन्यवाद दिएका थिए । कार्यक्रममा पोखरा उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत ओमराज पौडेल, समन्वय समितिका अध्यक्ष उत्तम जोशी, महिला समन्वय समितिकी अध्यक्ष दिलमाया गुरुङ, जगतकृष्ण कर्माचार्य, सुरेशकुमार राजभण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए। समितिका अध्यक्ष डम्बरलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत दिनेश दहालले गरेका थिए भने कार्यक्रमको संचालन कोषाध्यक्ष भावना श्रेष्ठले गरेकी थिईन। साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु सहितको मेला आयोजना गरिएको थियो । मेलाको पनि सांसद तेजकुमारी पौडेलले उद्घाटन गरेका थिइन । मेलामा भजनकीर्तन, लाखे नाच, सस्तो वजार, रमाईलो खेल, चर्या नृत्यप्रस्तुत गरिएको थियो भने भक्तजनको सुविधाको लागि पिउने पानीको निःशुल्क वितरण गर्ने व्यवस्था मिलाईएको थियो।

Post a Comment

 
Top