0
गोल्डेन न्यूज संवाददाता
पद्म नर्सिङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन स्जितेन्द्र पौडेल चयन भएका छन । संस्थाको चौथो साधरणसभा तथा दोस्रो अधिवेशनले पुन ः पौडेललाई अध्यक्षमा निर्बिरोध चयन गरेको हो । संस्थाको उपाध्यक्षमा लक्ष्मी कुँवर, सचिवमा कृष्ण आचार्य र कोषाध्यक्षमा नरेश पौडेललाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा नरेन्द्र बास्तोला, होमनाथ पौडेल, डिल्ली राम शर्मा, अञ्जना थापा, कालिदाश शर्मा निर्वाचित भएका छन् । संस्थाको लेखासमिति संयोजकमा गिरीधारी अधिकारी र सदस्यमा राजु थापा र पुर्णकुमारी गुरुङ लाई चयन गरेको छ । त्यस्तै ऋण समिति संयोजकमा नरेन्द्र बास्तोला र सदस्यमा सन्तोष अधिकारी र पार्वती श्रेष्ठलाई चयन गरेको छ । शिक्षा समितिमा अन्जना थापाको संयोजकत्वमा उमाकान्त रेग्मी र लक्ष्मी शर्मा चयन भएका छन । संस्थाको सल्लाहकार समितीमा बद्री केसी, बावुराम पौडेल र भरत पौडेल रहेका छन ।
 
साधारण सभाको उद्घाटन गर्दै पत्रकार गीता राना मगरले सहकारीले उत्पादन संगै वेरोजगार युवाहरुलाई रोजगारी समेत सिर्जना गर्दै आइरहेको परिप्रेक्षमा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पनि यस्ता सहकारीले आफ्नो लगानीलाई बढावा दिन सकेको खण्डमा स्वास्थ्य सेवा सवैको पंहुचमा सहजै पुग्ने वताए । सहकारीले आफ्नो क्षेत्रलाई अझै विस्तार गरेर शेयर सदस्यको जीवनस्तर उकास्नका निम्ति हाइड्रोपावर, विकास निर्माण, उद्योग कलकारखानाका साथै कृषि उद्योगमा पनि लगानी गर्न आवश्यक रहेको उनको भनाइ रहेको थियो । कार्यक्रममा वोल्दै पद्य नर्सिङ होमका कार्यकारी निर्देशक नरेन्द्र बाँस्तोलाले विकासको निम्ति हरेक गाउ टोलमा सहकारी स्थापना गर्न जरुरी रहेको वताउदै सहकारीको माध्यमबाट बिकास निर्माणलाई वढवा दिनुपर्नेमा जोड दिए । सहकारीका अध्यक्ष जितेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ यज्ञमान शाक्य, सहकारीका उपाध्यक्ष लक्ष्मी कुँवर, का्ेषाध्यक्ष नरेश पौडेल, साधारण सदस्य गिरीधारी अधिकारी र सन्तोष अधिकारी लगायतले वोलेका थिए । कार्यक्रमको सञ्चालन सहकारीका सचिव कृष्ण आचार्यले गरेको थिए । साधारणसभामा अध्यक्ष जितेन्द्र पौडेलले अध्यक्षको प्रतिवेदन, सचिव कृष्ण आचार्यले सांगठनिक प्रतिवेदन र लेखा संयोजक नरेन्द्र बास्तोलाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका प्रतिवेदन साधारणसभाले पारित गरेको संहकारीले जनाएको छ ।







Post a Comment

 
Top