0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ नगरपालिका वडा नं. ८ निवासी देवीमाया जमरकट्टेलले आफ्ना पतिको स्मृतिमा लेखनाथको सहेले पाखाका बृद्धाहरुलाई खाद्यान्न वितरण गरेका छन् । जमरकट्टेलले शनिवार विहान लेखनाथको वडा नं. ६ को सयले पाखामा रहेको कृष्णप्रणामी बाल तथा बृद्धाश्रममा बस्दै आएका बृद्धाहरुलाई खाद्यान्न बितरण गरेका हुन् । उनले आफ्ना पति स्व. देविदास जमरकट्टेलको स्मृति र तमाम् मृत आत्माहरुको चिरशान्तिको कामना गदै, आश्रमका बृद्धाहरुलाई खाद्य सामाग्री, फलफूल, विस्कुट र आर्थिक दान समेत गरेको छोरा ऋषिराम जमरकट्टेलले जानकारी दिए । देविमायाका साथ उनका कान्छा छोरा ऋषि सहितका परिवारका सदस्य सहयोगका लागि आश्रम पुगेका थिए । देशको विषम परिस्थितिमा असहज अवस्थामा आश्रममा रहेका बृद्धाहरुलाई सामाजिक भावनाले प्रेरित भै सहयोग गरेको दाता उनका छोरा ऋषिरामले जानकारी दिए ।


Post a Comment

 
Top