0
गोल्डेन न्यूज संवाददाता
चौथो राष्ट्रिय कर दिवसको सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन सोमबार बढी कर तिर्ने करदातालाई सम्मान गरिएको छ। आन्तरिक राजस्व कार्यालय पोखराको आयोजनामा भएको सो कार्यक्रममा आव २०७०÷७१ को आयविवरण, मूल्य अभिवृद्धि कर र स्वास्थ्य सेवा कर दाखिला गर्ने तथा करको बक्यौता नराख्ने गण्डकी र धवलागिरि अञ्चलका ११ करदातालाई पश्चिमाञ्चल क्षेत्रीय प्रशासक केदारबहादुर अधिकारीले सम्मान गरे। सम्मानित हुनेमा कास्कीबाट होटल ग्रान्ड, रोयल सहकारी र चरक मेमोरियल अस्पताल, तनहुँबाट बाराही आवासीय मावि, स्याङ्जाबाट न्यु सिद्धार्थ आयल स्टोर्स, पर्वतबाट सूर्योदय कन्टूक्सन कम्पनी, लमजुङबाट मेघा सप्लायर्स र वागलुङबाट सिओसी बचत तथा ऋृण सहकारी संस्था छन्। यस्तै मुस्ताङबाट निलगिरि डिस्ट्रिलरी उद्योग, म्याग्दीबाट मुक्तिनाथ इन्टरप्राइजेज प्रालि र गोरखाबाट सत्य साई हार्डवेयर एन्ड सप्लायर्स छन्।
यसैगरी आन्तरिक राजस्व कार्यालय भीमदत्तनगर, कञ्चनपुरले ६ जना करदातालाई आज सम्मान गरेको छ। सप्ताहव्यापी चौथो राष्ट्रिय कर दिवसको समापन समारोहका अवसर महाकाली अञ्चलमा सबैभन्दा बढी कर बुझाउने व्यवसायी तथा उद्योगीलाई सम्मान गरिएको हो।

Post a Comment

 
Top