0
गोल्डेन न्यूज संवाददाता
समाजसेवी एवम् राजनीति कर्मी परमानन्द शर्मा पौडेललाई ८४ पूजाको अवसर पारी माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यावसायिक उच्च मावि मुडिकुवा पर्वतले मंगलबार पोखराको विरौटामा आयोजित एक कार्यव्रmममा सम्मान गरेको छ । पौडेलले सो विद्यालयमा दुई दशकभन्दा बढी व्यवस्थापन समितिका अध्यक्ष भई कार्य गरेको र केही समयअघि ५ लाख ११ हजार १११ रुपैयाँसमेत चन्दा प्रदान गरेको भन्दै सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनेश्वर रेग्मीले बताए ।
 
पर्वतको मुडिकुवा गाविस वडा नं. ३ निवासी परमानन्द शर्मा पौडेलले सो गाविसमा झण्डै २० वर्षसम्म तत्कालीन गाउँ पञ्चायतको प्रधान पञ्च भएर सेवा गरेका थिए । वामपन्थी विचारबाट प्रभावित पौडेल पञ्चायती राजनीति गरे पनि पार्टीको नीतिअनुसार भूमिगत हुनुका साथै पार्टीकै निर्णय अनुसार राजनीतिमा लागेका थिए । प्रधान पञ्चमा रहेर काम गर्ने समयमा सो स्थानका विद्यालयहरु को शैक्षिक तथा भौतिक विकासमा लागेका थिए । उनले पर्वतको फलेवास क्याम्पस स्थापनाका लागि महत्त्वपूर्ण योगदान दिएका थिए । त्यसै गरी उनले गहते निमाविको संस्थापकका रुपमा काम गरी झण्डै ७० रोपनी जग्गामा वृक्षरोपण एवम् फलफुल उत्पादनका लागि सहयोग पु¥याएका थिए ।
 
उनकी श्रीमती डिल्लीकुमारी र मुक्तकुमारी शर्मा छन् भने छोराहरु बालचन्द्र शर्मा जिल्ला न्यायाधिश रुपन्देही, डा. ईश्वरी शर्मा पौडेल बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान,  गणेशचन्द्र शर्मा राष्ट्रिय वाणिज्य वैंक विरौटा शाखाका प्रमुख र छविन्द्रराज शर्मा गण्डकी विकास बैंकका निमित्त कार्यकारी प्रमुखका रुपमा कार्यरत छन् । छोरीहरु सीता, गीता र शान्ति विभिन्न क्षेत्रमा छन् । समाजसेवी पौडेलले शिक्षालाई नै जोड दिएकाले उनका छोरा्रमुखका रुपमा कार्यरत छन् । समाजसेवी पौडेलले शिक्षालाई नै जोड दिएकाले उनका छोराछोरीहरु विभिन्न निकायका उच्च तहमा रहेका छन् ।









Post a Comment

 
Top