0
गोल्डेन न्यूज संवाददाता
शहरी विकास मन्त्रालयले पोखरा उपत्यका नगर विकास समितिको सदस्य पदमा ५ जनालाई नियुक्त गरेको छ । नियुक्ति पाउनेहरुलाई यहि असोज १३ गतेबाट लागू हुनेगरि बढी २ वर्षसम्मका लागि पदावधि तोकिएको छ । समितिको अध्यक्षमा प्रकाश खनाल नियुक्त भएको महिनौं वितिसकेपछि नियुक्ति गरिएका सदस्यहरुमा माया क्षेत्री बराल कार्की, कृष्णबहादुर कुँवर, पदमसिं गुरुङ, यज्ञश्वर पाखरेल र अञ्जन बडगामी रहेका छन् । जसमध्ये माया बराल कांग्रेसको राजनीति शुरु गरे लगत्तै केही महिना अघि नेपाल महिला संघ पोखरा नगर समितिको अध्यक्ष बनेकी हुन् भने कृष्ण कांग्रेसका पुराना कार्यकर्ता हुन् । यसैगरी पदमसिं कांग्रेसको महाधिवेशन प्रतिनिधि र यज्ञश्वर नेविसंघ र तरुण दलको राजनीतिमा विगतमा सक्रिय रहेका व्यवसायी हुन् । अर्का सदस्य अञ्जन बड्गामी भने सेवा निवृत्त कर्मचारी हुन् ।
 
यसैबीच समितिको अध्यक्षमा नियुक्त भएका प्रकाश मोहन खनालले नियुक्त भएलगत्तै नेकपा एमाले र एमाओवादीका प्रतिनिधिहरु लाई मात्र काखी च्यापेर विभिन्न योजना बनाउने प्रयास गरिरहेको बताइन्छ । यसअघि कांग्रेसबाट नियुक्त भएका नगरविकास समितिका अध्यक्षहरुको विरोध एमाओवादी र एमालेबाट हुने गरेको भएपनि वर्तमान अध्यक्ष खनाल भने एमाओवादी र एमालेको निर्देशनमा चल्न थालेको समितिको स्रोतले जानकारी दिएको छ । खनालले फेवाताल किनारामा पैदलमार्ग बनाउने नाममा समितिको ठूलो रकम खर्च गर्ने र सोही रकमबाट अन्यलाई प्रभावित पार्ने प्रयास गर्दै आएको समेत बताइन्छ । समितिले पूर्णता नपाएपनि अध्यक्ष खनाल एक्लैले समितिको गाडी प्रयोग गर्दा समेत विगतको तुलनामा धेरै इन्धन खर्च हुने गरेको आरोप लाग्न थालेको छ ।

Post a Comment

 
Top