गोल्डेन न्यूज संवाददाता
एकीकृत नेकपा माओवादीकी सांसद् ओनसरी घर्ती सभामुखमा निर्वा्चित भएकि छन् । एमाओवादी सांसद् घर्ती व्यवस्थापिका संसद्मा शुक्रबार भएको निर्वाचनमा सभामुखमा निर्विरोध निर्वाचित भएकि छन्। नेपाल मजदूर किसान पार्टी (नेमकिपा) की सांसद् अनुराधा थापामगरले पनि सभामुखमा उम्मेद्वारी दिएकामा नेमकिपाले थापामगरलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अन्तिम समयमा फिर्ता लिएपछि घर्ती निर्विरोध निर्वाचित भएकि हुन्। संसद् बैठकको अध्यक्षता गरेका लक्ष्मण राजवंशीले सभामुख पद्का लागि एक मात्र प्रस्ताव कायम रहेकाले घर्ती निर्विरोध निर्वाचित भएको घोषणा गरे। नेपालको इतिहासमा घर्तीले पहिलो महिला सभामुख बनेर इतिहास कायम गरेकी छन्। नेपालमा हालसम्म पाँच जनाले सभामुखको जिम्मेवारी सम्हालेकामा घर्ती त्यो पदमा पुग्ने पहिलो महिला हुन्छ । घर्तीले नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारीको प्रस्ताव तथा राप्रपा नेपालकी सांसद् कुन्ती शाहीको समर्थनमा शुक्रबार अपरान्ह उम्मेद्वारी दर्ता गराएकी थिइन्। निर्र्धािरत समयभन्दा दुई घण्टा ढिला सुरु भएको संसद् बैठकमा एमाले उपाध्यक्ष विद्या भण्डारी र राप्रपा नेपालकी सांसद् शाहीले घर्तीको संघर्षको चर्चा गरेका थिए। उनीहरुले महिलाहरुले जस्तोसुकै संर्घष गरेर आफूलाई प्रतिस्पर्धामा खरोरुपमा उतार्न सक्छन् भन्ने कुरा घर्तीको जीवन राम्रो उदाहरण भएको बताए। मुख्य विपक्षी नेपाली काँग्रेसले पनि घर्तीलाई समर्थन गरेको थियो । काँग्रेस उपसभापति रामचन्द्र पौडेलले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गरेको लिखित आग्रह अनुसार आफ्नो पार्टीले घर्तीलाई समर्थन गरेको बताए। नवनिर्वाचित सभामुख घर्तीसँग २० महिना उपसभामुखको जिम्मेवारी निभाएको अनुभव छ । उनी यसअघि ०७० सालको फागुन १४ गते उपसभामुख निर्वाचित भएकी थिइन्। घर्तीले त्यतिबेला नेमकिपाकी सांसद् अनुराधा थापामगरलाई पराजित गरेकी थिइन । संविधान सभाको दोस्रो निर्वाचनमा रोल्पा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित घर्ती यसअघि युवा तथा खेलकुद् मन्त्री पनि भएकी थिइन्। तत्कालीन माओवादीले संचालन गरेको दश वर्षे जनयुद्धकालमा घर्ती हतियार समाएर भूमिगत भएकी थिइन्।घर्ती एमाओवादीका सचिव वर्षमान पुनकी पत्नी हुन्।
उपसभामुखमा गंगा यादव व्यवस्थापिका संसद्को उपसभामुख मा राप्रपा नेपालका सांसद् गंगाप्रसाद यादव निर्वा्चित भएका छन्। व्यवस्थापिका संसद्मा शुक्रबार साँझ भएको निर्वाचनमा राप्रपा नेपालका सांसद् यादव निर्विरोध निर्वाचित भएका हुन्। नेपाल मजदूर किसान पार्टीले आफ्ना सांसद् डिल्ली प्रसाद काफ्लेलाई उप सभामुखमा निर्वाचित गर्न दर्ता गराएको प्रस्ताव फिर्ता लिएपछि ६५ वर्षिय यादव उपसभामुखमा निर्वा्चित भएका हुन्। १६ वर्षको उमेरदेखि राजनीतिमा लागेका सप्तरीका यादव पंचायतकालमा वडाध्यक्ष हुँदै प्रधानपंच चुनिएका थिए । प्रधानपंचकै छोरा रहेका यादव २०५४ सालमा सप्तरीको जोगिनिया गाविसको अध्यक्ष निर्वाचित भएका थिए। तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा सप्तरी जिल्लाको उपसभापति बनेका यादव राप्रपा नेपालको सप्तरी जिल्ला अध्यक्षदेखि केन्द्रीय सदस्य हुँदै राजनीतिमा सक्रिय छन्।
सभामुख घर्तीको जीवनी
सभामुख घर्तीको जीवनी
नेपाली समाजमा एउटा उखान प्रचलित छ, ‘नपत्याउँदो खोलाले बगाउँछ ।’ सभामुख पदमा ओनसरी घर्तीको शुक्रबार भएको निर्वाचनले यही उखानलाई सम्झाएको छ । नेपालको सर्वोच्च मर्यादाक्रममा पाँचवटा पदलाई अति विशिष्ट रुपमा लिने गरिन्छ, ती हुन्–राष्ट्रपति, उपराष्ट्रति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख । रोल्पाको सामान्य परिवारबाट राजनीतिमा उठेको सामान्य महिला शुक्रबार मुलुकको पाँचवटा सर्वोच्च पदमध्ये एउटा पद सभामुखमा निर्वाचित भएकी छन् । यसरी नेपाली लोक परम्परामा प्रचलित उखान ‘नपत्याउने खोलाले बगाउँछ’ ओनसरी घर्तीको हकमा पूर्णतः लागू भएको छ । दोस्रो संविधानसभाको निर्वाचनमा एकीकृत नेकपा (माओवादी) ले सोचेअनुरुप नतिजा ल्याउन सकेन । २४० वटा निर्वाचन क्षेत्रमा भएको निर्वाचनमा २६ सदस्य मात्र प्रत्यक्ष रुपमा विजय हासिल गर्न सफल भयो, एमाओवादी । त्यसमध्येकी एक भइन ओनसरी घर्ती । पार्टीका ठूला र स्थापित नेताले निर्वाचनमा पराजय भोगिरहँदा माओवादी जनयुद्धको आधारभूमि मानिने रोल्पा क्षेत्र नं २ बाट निर्वाचन जित्ने एक्ली महिलाका रुपमा उनको सिंहदरबार प्रवेश भयो । शक्ति सन्तुलनका आधारमा उनले उपसभामुखको दायित्व कुशलता पूर्वक निर्वाह गरिन् । संविधान सभाको काम कारबाहीमा उनको सक्रिय योगदान र लगावले रोल्पाको सामान्य महिला घर्तीको उचाइ एकाएक बढाइदियो । संविधान घोषणालगत्तै नेपाली राजनीतिले कोल्टे फे¥यो । संविधान जारी गर्ने बेलामा प्रमुख राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिलाई अगाडि बढाउने वा नबढाउने भन्नेमा दलबीच विवाद देखियो । अन्तमा नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्रीका उम्मेदवार केपी शर्मा ओलीलाई एकीकृत नेकपा (माओवादी)ले साथ एवम् सहयोग ग¥यो र ओली नेपालको ३८आँै प्रधानमन्त्रीका रुपमा निर्वाचित भए । प्रधानमन्त्रीको चयनसँगै सभामुख र उपसभामुख चयन गर्ने कार्यतालिका प्रकाशित भयो । सोही बेला एमाओवादीले पार्टी महासचिव कृष्णबहादुर महरालाई सभामुखमा पठाउने चर्चा र परिचर्चा पनि चल्यो । तर महराले निष्क्रियजस्तो लाग्ने सभामुखको पदमा जान अस्वीकार गरे । त्यसपछि प्रमुख सचेतक गिरिराजमणि पोखरेलको नाम सतहमा आयो, उनले पनि अनिच्छा प्रकट गरेपछि बिहीबार बसेको एमाओवादीको स्थायी समितिको बैठकले घर्तीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय ग¥यो । संयोग नै मान्नुपर्छ, नेपालको राजनीतिक इतिहासमा एउटा महिलाले पाएको सर्वोच्च सभामुखको पदमा घर्तीले आफूलाई विजयी तुल्याएका छन् ।
यसअघि उपसभामुखभन्दा माथि चढ्न नसकेका महिला नेत्रीहरूमध्ये घर्तीले सफलताको उच्च शिखर चढ्ेकी छन् । नेपालको सर्वोच्च मर्यादाक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीस र सभामुख पदसँग मात्र सम्माननीय शब्द प्रयोग हुन्छ, त्यो पदवी प्राप्त गर्ने महत्वपूर्ण अवसर घर्तीले प्राप्त गरेका छन् । उनले पाएको यो सम्माननीय पद विगतको सङ्घर्षमय जीवनले निर्धारण गरिदिएको हो । निर्वाचनमा महिला नेत्रीहरू विजयी नहुनु, पार्टीका वरिष्ठ नेताहरूले सो पद अस्वीकार गर्नुले पनि घर्तीलाई सहज रुपमा बाटो खोलिदिएको हो । नवनिर्वाचित सभामुख घर्तीको जन्म रोल्पाको जङ्काट गाविस माडिचौरको एक साधारण किसान परिवारमा २०३४ साल कात्तिक २८ गते भएको थियो । ३८ वर्षको युवा उमेरमा नै सभामुख पदमा निर्वाचित हुने उनी सम्भवतः नेपालको राजनीतिक इतिहासमा कान्छो सभामुख हुन् ।
माओवादी आन्दोलनमा लागेका ठूला र स्थापित अनुहार भएका महिला नेत्रीलाई पछि पार्दै घर्ती सो पदमा पुगेकी हुन् । विसं २०४६ देखि विद्यार्थी आन्दोलनवाट राजनीतिमा प्रवेश गरेकी घर्ती २०४८ सालमा विद्यार्थी सङ्गठनको जिल्ला कोषाध्यक्ष र महिला जिल्ला सदस्य तथा नेकपा (एकता केन्द्र)को पार्टी सदस्यता प्राप्त गरिन् ।
माओवादीले २०५२ सालदेखि सुरु गरेको सशस्त्र सङ्घर्षमा रोल्पाबाट दलमा आबद्ध हुने थोरै महिला लडाकुमध्ये घर्ती एक हुन् । विसं २०५२ मा पार्टीको जिल्ला भेलामा माओवादी नेता वर्षमान पुनसँग जनवादी प्रेम विवाह गरेकी उनले २०५२ सालको सशस्त्र सङ्घर्षको सुरुवातको रोल्पा होलेरी चौकी आक्रमणमा लडाकुका रुपमा सहभागी र भूमिगत जीवनको सुरुवात गरेकी हुन् ।
विसं २०५४ मा नेकपा
विसं २०५४ मा नेकपा
(माओवादी) रोल्पा जिल्ला समिति सदस्य, २०५७ मा क्षेत्रीय ब्यूरो सदस्य, २०६० मा केन्द्रीय सदस्य, २०७० सालमा पोलिटब्यूरो सदस्य हुँदै २०६४ को पहिलो संविधान सभामा समानुपातिक तर्फबाट संविधानसभा सदस्य भइन । रोल्पादेखि पूर्वी पहाडसम्म माओवादी सशस्त्र सङ्घर्षलाई फैलाउन विशेष भूमिका निर्वाह गरेकी घर्तीले माओवादी सेनाको उच्च तहमा समेत पुगेकी थिइन । विसं २०६७ को झलनाथ खनाल मन्त्री परिषद्मा युवा तथा खेलकुद मन्त्रीसमेत भएकी घर्ती दोस्रो संविधानसभामा रोल्पा २ नम्बर क्षेत्रवाट विजयी भइन र उपसभामुख निर्वाचित भइन । घर्तीको बाल्यकाल एक साधारण किसान परिवारका सबै दुःखपीडा सामना गर्दै बित्यो । गाउँकै विद्यालयमा पाँच कक्षासम्म अध्ययन गरेपछि नजिकै विद्यालय नभएकाले रोल्पा सदरमुकाम लिवाङ गएर डेरा लिएर कठिन सङ्घर्ष गर्दै बालकल्याण माविबाट एसएलसी उत्तीर्ण गरे । एमाओवादीमा ‘उषा’ नामले चिनिने घर्ती प्रसाद घर्तीमगर र नौमती घर्तीमगरका माहिली छोरी हुन् । तीन दाजु, चार दिदी बहिनीमध्ये उनी नेपालको राजनीतिको सर्वोच्च पदमा पुग्ने थोरै महिला नेत्रीमध्ये एक हुन् । एक छोरा र एक छोरीकी आमा घर्ती २०५२ सालमा तत्कालीन माओवादीको आदेशमा भूमिगत हुने थोरै रोल्पाली महिलामध्ये एक हुन् ।
Post a Comment