गोल्डेन न्यूज संवाददाता
कपडा व्यवसायी एशोसिएशन पोखरामा नेपालीहरुको महानपर्व विजयादशी तथा दीपावलीको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष यामनाथ तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पदाधिकारी, सल्लाहकार एवं सदस्यहरुबीच शुभकामना आदान–प्रदान गरिएको थियो । कार्यक्रममा चोक बहादुर गुरुङ, राकेश अग्रवाल, नारायण प्रसाद दाहाल, जीवन खनाल, लेखनाथ पोडेल, नारायण प्रसाद अधिकारी, गजेन्द्रमान श्रेष्ठ, चक्रपाणि बाँस्तोला, लक्ष्मण कुमार श्रेष्ठ, जनकराज पराजुली, हरि पन्त, नवराज सापकोटा, माया श्रेष्ठ , मोहन सुवेदी, रामेश्वर अधिकारी, प्रेम भुजेल लगायतले शुभकामना आदान–प्रदान गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विष्णु प्रसाद तिमिल्सिनाले स्वागत र महासचिव नविन नापितले कार्यक्रम संचालन गरेका थिए ।
यसैबीच लायन्स क्लव अफ पोखरा अर्पणमा शुभकामना आदान–प्रदान एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ । शुभ विजयादशमी, दीपावली,छठ, इद लगायतका महत्वपूर्ण पर्वको अवसर पारी कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं समाजसेवी मदनबहादुर केसीले सामाजिक एवं धार्मिक महत्वको विजयादशमीले सबै नेपाली घर सुख, शान्ति छावस् भन्ने कामना गरे । कार्यक्रममा जय मनकामना बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष एवं दर्पण लायन्स क्लवका द्वितीय उपाध्यक्ष तथा पोखरा उपत्यका नगर विकास समितिका सदस्य पदमसिंह गुरुङ, अकलादेवी बृहत्तर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष पुष्पेन्द्र पाण्डे, लामाचौर महिला विकास बचत तथा ऋण सहकारीकी अध्यक्ष रेनुका आचार्य, महिला समाज कल्याण आमा समूहकी अध्यक्ष डिलमाया तिवारी, संस्थाकी प्रथम उपाध्यक्ष सविता क्षेत्री बानियाँ, सचिव अमिता बानियाँ केसी, कोषाध्यक्ष हीरा भण्डारी, सहकोषाध्यक्ष उमादेवी लामिछाने लगायतले शुभकामना आदान–प्रदान मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाकी अध्यक्ष लक्ष्मी पाण्डेको अध्यक्षतामा भएको थियो । त्यस अवसरमा पोखरा उपत्यका नगर विकास समितिको सदस्यमा हालै मनोनित भएका धर्मसिंह गुरुङलाई बधाई, सफल कार्यकालको शुभकामना सहित सम्मान गरिएको थियो ।
यसैगरी पोखरा—१९ लामाचौरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले भारतले लगाएको अघोषित नाकाबन्दीको विरोध गरेका छन् ।
यसैगरी पोखरा—१९ लामाचौरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले भारतले लगाएको अघोषित नाकाबन्दीको विरोध गरेका छन् ।
नेपालीको महान पर्व बडादशैँ, दीपावली, छठ तथा नेपाल सम्वत्को अवसरमा वडा कार्यालय, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्रले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमका वक्ताहरुले विगत तीन सातादेखि जारी नाकाबन्दीले जनजीवन कष्टकर हुदाँ समेत भारतीय पक्ष चुप बस्नुले अन्तर्राष्ट्रिय सन्धी सम्झौताको धज्जी उडाएको बताएका हुन् । वडा सचिव सूर्य नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी राजनितिक दलका प्रतिनिधिले राष्ट्रिय स्वाभिमानका लागि भारतीय पक्षसँग नझुक्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।
Post a Comment