गोल्डेन न्यूज संवाददाता
पोखरा–८ सृजनाचोकमा रहेको फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरी १६औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो । कार्यक्रमको उद्घाटन गर्दै सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका प्राचार्य एवम् प्रमुख अतिथि बद्रीनाथ अधिकारीले सहकारी संस्थाहरुले आफ्नो क्षेत्रमा आँफैले कृषि उत्पादनका साथ सहकारी व्यवसायलाई प्राथमिकता दिई स्वाभिमान नेपाली बनी सफल हुनपर्ने र अन्य राष्ट्रको भरमा आत्मनिर्भर रहन नपर्ने वातावरण बनाउन सहकारीका सदस्यहरु लागिपर्नु पर्ने बताएका छन् । उनले नेपाल सरकारको नीति अनुसार लगानीको मुनाफाभन्दा बढी कर लगाउने नीति नियम भएको हुँदा सरकारले सहकारी नियम नीति संशोधन गरी कर घटाउने व्यवस्था ल्याएमा सहकारी संस्थाहरु खुलेर काम गर्न पाउने स्पष्ट पारे । कार्यक्रममा उत्कृष्ट शेयर सदस्य रामबजार पोखरा–१० निवासी श्यामकुमार कुँवर, सराङ्गकोट २६ पोखरा निवासी कालिका नेपाली र उत्कृष्ट अफिसियल कर्मचारी बालकृष्ण पौडेललाई सम्मानपत्र र मायाको चिनोले सम्मान गरिएको थियो ।
साधारणसभाको बन्दसत्रमा सचिवको प्रतिवेदन लेखा र अध्यक्षको प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मतबाट प्रतिवेदन पारित गरिएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघ लि.कास्कीका अध्यक्ष रविरमण तिवारी, कास्की बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष सुदीप ढकाल, महिला नगर समन्वय समिति पोखराका अध्यक्ष पवित्रा गुरुङ्ग लगायतले सहकरीको विकासका लागि सहकारीमा लागेका सदस्यहरुले लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा शेयर सदस्यकोतर्फबाट जगन प्रसाद गुरुङ्ग र तुल्सी दाहालले पनि बोलेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष सम्मरबहादुर श्रेष्ठले स्वागत मन्तव्य, सदस्य लक्ष्मी अधिकारीले सहकारीका सात सिद्धान्त वाचन गरेकी थिइन भने अध्यक्ष क्या.चन्द्र प्रसाद गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव हरिभक्त पौडेलले गरेका थिए ।
Post a Comment