0
गोल्डेन न्यूज संवाददाता
कास्कीको पुरुन्चौरमा ज्येष्ठ नागरिकको हक अधिकार र कर्तव्य बारे अन्तक्र्रिया एवं सम्मान कार्यक्रम बिहीबार सम्पन्न भयो । २५औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारी ज्येष्ठ सरोकार समाज नेपाल कास्की अन्तर्गत पुरुन्चौर शाखाले उक्त कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले ज्येष्ठ नागरिकहरु समाजका अगुवा भएकाले उनीहरुको अनुभव, अधिकारलाई अनुशरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए । वक्ताहरुले हेलाँ होइन माया र ममताबीच बाच्न पाउने अधिकार ज्येष्ठ नागरिकको पनि भएकाले ज्येष्ठ नागरिकको अधिकारप्रति सबै सजक हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा ज्येष्ठ नागरिक सरोकार समाज नेपालका केन्द्रीय सचिव केशव प्रसाद ढकालले ज्येष्ठ नागरिकहरुलाई मायाँ, सद्भावका बीचमा बाँच्न दिनुपर्नेमा जोड दिंदै आफ्ना बुबा आमाहरुलाई श्रद्धापूर्वक बाच्न नदिनेहरुले स्वर्गारोहण भएपनि श्राद्ध गर्नुको कुनै अर्थ नरहने बताए ।
 
कार्यक्रममा संस्थाका सल्लाहकार एवं भारती भवन उच्च माविका पूर्व प्रचार्य भानुभक्त पौडेल, संस्थाका सदस्य देवी ढकाल, जनमार्चा गाउँ इकाइ अध्यक्ष गोविन्द प्रसाद पौडेल, गाविस सहायक सचिव डिलबहादुर भुजेल, ज्येष्ठ नागरिक समाज गाउँ कमिटी उपाध्यक्ष हिमलाल गौतम, नागरिक मञ्चका अध्यक्ष माधव प्रसाद पौडेल, सदस्य रुद्रनाथ पौडेल लगायतले ज्येष्ठ नागरिकको हक अधिकार बारे आ–आफ्ना भनाइ राखेका थिए । संस्थाका अध्यक्ष सोमराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सल्लाहकार भानुभक्त पौडेल र कार्यक्रम संचालन सचिव मेघराज पौडेलले गरेका थिए । कार्यक्रममा पुरुन्चौर २ का ९९ वर्षीय बालुदेवी ढुङ्गाना र ९८ वर्षीय गुणाखर बाँस्तोलालाई प्रमुख अतिथि ढकालले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

Post a Comment

 
Top