0
गोल्डेन न्यूज संवाददाता
पश्चिमाञ्चल क्षेत्रको एकमात्र सरकारी अस्पताल पश्मिाञ्चल क्षेत्रीय गण्डकी अस्पताल पोखराको हाताभित्र अस्पताल विकास समितिद्वारा सञ्चालित फार्मेसी महिनौंदेखि बन्द हुँदा सयौं बिरामीहरु मर्कामा परेका छन् । टाढा–टाढाबाट उपचारका लागि आउने बिरामीहरु निजी औषधि पसलमा गएर महंगोमा औषधि खरिद गर्न बाध्य भएका छन् । खगराज अधिकारी स्वास्थ्य मन्त्री हँुदादेखि बिग्रेको सिटीस्क्यान मेशिन समेत बिग्रेको १ बर्ष भन्दा बढी भयो हालसम्म मर्मतसम्म हुन सकेको छैन । मानव अधिकार निगरानी समूह कास्कीले क्षेत्रीय अस्पताल पोखराको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गर्दै सेवाग्राहीहरुको अवस्था बुभ्mनका लागि उक्त अस्पतालमा पुग्दा सो अवस्थामा कुनै सुधार नभएको र सेवाग्राहीले अस्पताल हाता भित्रै औषधि खरिद गर्न नपाएको अवस्थाप्रति अस्पताल विकास समितिका अध्यक्ष डा. रामनाथ अधिकारी तथा निमित्त मेडीकल सुपरिटेण्डेन्ट डा. वसन्त ताम्राकार लाई मानवअधिकार निगरानी समूह कास्कीका संयोजक पदमराज पहारीले एक कार्यक्रमका बीच ध्यानाकर्षण गराएको छन । ध्यानाकर्षण कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र  (इन्सेक) क्षेत्रीय संयोजक शिव खकुरेलले जनताको स्वास्थ्यप्रति जवाफदेही हुन तथा अवरुद्ध फार्मेसी संचालनमा नागरिक समाजको तर्फबाट आवश्यक सहयोग गरिने बताए । सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष रामनाथ अधिकारीले सर्वदलीय भेला बोलाएर भेलाको निर्णय बमोजिम समस्या समाधानको पहल गरिने जानकारी गराएका थिए ।

 गत आर्थिक बर्ष ०७१÷०७२ को समाप्तिपछि फार्मेसी संचालनका लागि पुनःटेण्डर आह्वान गरिएको थियो । टेण्डरमा अनमोल फार्मेसीले मासिक २५ लाख भाडा दिनेगरी फार्मेसी संचालनको अनुमति पाएको भएतापनि त्यसको लगत्तै अदालतमा रिट परेपछि अदालतको आदेश अनुसार उक्त टेण्डर स्थगित गरी फार्मेसी बन्द हुन पुगेको थियो । स्वास्थ्य क्षेत्रमा देखिएको यो अवस्थाले सर्वसाधारण जनताका लागि निःशुल्क हुनुपर्नेमा झन् जटिलता देखिएको छ ।
 
अदालतको आदेश र अख्तियारको भयका कारण हालसम्म पनि वैकल्पिक व्यवस्था समेत हुन नसकेको निमित्त मेसु डा.वसन्त ताम्राकारले बताए । स्वास्थ्य मन्त्रालयमा फार्मेसी सञ्चालनका लागि थप दरबन्दी सहित खरिद तथा विक्री निर्देशिका आउन ढिलाइ भएकोले पनि अस्पतालको फार्मेसी सञ्चालनमा ढिलाइ भएको अध्यक्ष अधिकारीको भनाइ थियो ।
 
ध्यानाकर्षण कार्यक्रममा इन्सेक कार्यक्रम संयोजक सवनव शर्मा, जिल्ला प्रतिनिधि विष्णु अधिकारी, निगरानी समूहका श्यामनाथ कुँवर लगायतको सहभागिता रहेको थियो । क्षेत्रीय अस्पतालको उक्त समस्याप्रति गम्भीर हुन तथा समस्या समाधानका लागि पहल गर्न मानव अधिकार निगरानी समूहले पश्मिाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय, जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय मानव अधिकार क्षेत्रीय कार्यालयमा समेत बोधार्थ सहित ध्यानकर्षण गराएको छ ।

Post a Comment

 
Top