0
गोल्डेन न्यूज संवाददाता
मनोहर युवा क्लबले विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरको उपलक्ष्यमा शुभकामना आदान तथा सम्मान कार्यक्रम शनिवार सम्पन्न गरेको छ । पोखरा –१८ को मनकामना टोलमा रहेको क्लबले मनकामना टोलबासी र मनोहर युवा क्लबका आजीवन सदस्य र आजीवन सदस्यका छोराहरु, अधिवक्ता, इन्जिनियर, डाक्टरको अध्ययन पूरा गरेका छन् उनीहरुलाई शनिवार सम्मान गरेको छ । कार्यक्रमको प्रमुख अतिथि शिक्षाका ज्योति जोर्ज जोनले पानसमा द्वीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।
 
उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि जोनले सम्मानित व्यक्तिहरुलाई बधाई दिंदै प्रत्येक व्यक्तिले आफ्नो काम सँगै सामाजिक कार्यमा पनि केही समय खर्चन आग्रह गरे । कार्यक्रमका विशेष अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोला ले क्लबले गरेको कार्यक्रमको प्रशंसा गर्दै अबका दिनहरुमा पनि क्लबले रचनात्मक र विकासका कार्यमा अघि बढ्नुपर्ने बताए । कार्यक्रममा प्रमुख अतिथि जोर्ज जोन प्रतिष्ठानका सम्मानित व्यक्तित्व जोर्ज जोन, विशेष अतिथि कृष्णप्रसाद बाँस्तोलाले सम्मानित व्यक्तित्वहरु ई. अवित के.सी., ई. मनोज बानियाँ, ई. बालकृष्ण अधिकारी, ई. अर्जुन के.सी., अधिवक्ता उत्तम के.सी., रामजी जि.सी., रविकरण पराजुली, रविन कार्की, रचना बानियाँ, अन्जु के.सी., देवी भुजेल लगायतलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरेका थिए । मनोहर युवा क्लबका अध्यक्ष एवं कार्यक्रमका सभापति रामजी जि.सी.ले कार्यक्रममा सहभागी भएका र कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै सम्मानित व्यक्तिहरुले क्लबका हरेक क्रियाकलापमा सहभागी भई क्लबका क्रियाकलापलाई अगाडि बढाउन आग्रह गरे । कार्यक्रममा राप्रपा जिल्ला अध्यक्ष एवं मनोहर क्लबका वरिष्ठ सल्लाहकार जे.वी. कुँवर, नेपाली काँग्रेस इकाई १८ का अध्यक्ष एवं क्लबका सल्लाहकार बोधराज कार्की, नेकपा एमाले इकाई अध्यक्ष माओ थापा, एमाओवादीका अध्यक्ष खड्क वि.क., वडा नागरिक मञ्च १८ का संयोजक एवं क्लबका संस्थापक अध्यक्ष ललित बानियाँ, क्लबका सल्लाहकार रोमबहादुर कार्की, सल्लाहकार रेशम जि.सी., महिला समन्वय समिति १८ की अध्यक्ष एवं सल्लाहकार इन्द्रामाया बानियाँ, टोल विकास समन्वय समितिका अध्यक्ष तोरण खड्का, मनकामना मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बासुदेव बानियाँ, बोरिङ खानेपानीका अध्यक्ष शिवप्रसाद पोखरेल, मसिना निमावि व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ तिमिल्सिना, समाज सुधार आमा समूहकी अध्यक्ष मोतीमाया अधिकारी, सम्मानित व्यक्तित्व ई. मनोज बानियाँ, अधिवक्ता उत्तम के.सी. लगायतले विजया दशमी तथा दिपावलीसँगै देशमा शान्ति र स्थायित्व होस् भनी कामना गरेका थिए । मनोहर युवा क्लबका अध्यक्ष रामजी जि.सी.को अध्यक्षतमा भएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष शैलेष बानियाँ र सञ्चालन सचिव रविकिरण पराजुलीले गरेका थिए ।

Post a Comment

 
Top