0
गोल्डेन न्यूज संवाददातापोखरा १४ असोज ।
लायन्स क्लव अफ पोखरा अर्पणको आठौं एवं लायन्स क्लव अफ पोखरा आदर्श लामाचौरको दोस्रो पदस्थापन कार्यक्रम बिहीबार सम्पन्न भयो । यो संगै डिसिष्ट्रक्ट ३२५ बी १ का सम्पूर्ण क्लवहरुमा नायाँ पदाधिकारीको पदस्थापन सम्पन्न भएको छ । अर्पण लायन्सको आगामी नेतृत्व लक्ष्मी पाण्डेले गर्ने भएकी छन् भने आदर्श लामाचौरको नेतृत्व नविन भण्डारीले गर्दैछन् । अर्पण लायन्समा पाण्डेको नेतृत्वमा प्रथम उपाध्यक्ष सविता केसी वानियाँ केसी, द्वितीय उपाध्यक्षमा मिनादेवी केसी, तृतीय उपाध्यक्षमा रेश्मा शेरचन अधिकारीका साथै सचिवमा अमिता बानियाँ केसी, सह–सचिवमा सविना खत्री पाण्डे, कोषाध्यक्षमा हीरा भण्डारी, सह–कोषाध्यक्षमा उमादेवी लामिछाने रहेका छन् । यस्तै आरोग्य हेल्थ केयर होममा प्रभा भट्टराईका साथै सदस्यहरुमा राधा पाण्डे, कल्पना पाण्डे, प्रभादेवी मल्ल, भगवती बराल, लता केसी अधिकारी, रमा कार्की, सुमन केसी भट्टराई, लक्ष्मी कुँवर, शोभा केसी, संगीता आचार्य र करुणा दाहाल रहेका छन् । यसैगरी आदर्श लामाचौर क्लव नविन भण्डारीको नेतृत्वमा प्रथम उपाध्यक्ष मिलन केसी, सचिव ई. दिनेश भण्डारी र कोषाध्यक्ष कृष्ण गुरुङ रहेका छन् । दुवै क्लवका नयाँ पदाधिकारी लाई लायन्सको नीति अनुरुप डिष्ट्रिक्ट गभर्नर ध्रुव थापा र डिष्ट्रिक्ट सेकेण्ड भाइस गभर्नर धनराज आचार्यले पदस्थापन गराउँदै लायन्स सपथ ग्रहण गराएका थिए । पदस्थापनको उद्घाटन उद्घाटन कार्यक्रममा २०१४÷ ०१५ की अध्यक्ष शोभा खड्का केसी क्षेत्रीले आफ्नो कार्यकालमा भए गरेका कार्यहरुको जानकारी गराउँदै आफूलाई सघाउने र महत्वपूर्ण भूमिका निर्वाह गर्ने पदाधिकारी एवं सदस्यहरुलाई सम्मान गरेकी थिइन । कार्यक्रममा अर्पण लायन्सकी नयाँ अध्यक्ष पाण्डे र आदर्श लामाचौर क्लवका अध्यक्ष भण्डारीले आफ्नो कार्यकालमा गर्ने कार्यक्रम र रणनीति बारे जानकारी गराएका थिए । उनीहरुले लायन्सको मर्म, कर्म र धर्ममा आधारित रहि सामाजिक विकासमा सक्दो योगदान दिने प्रतिवद्धता जर्नाएका थिए । कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट गभर्नर ध्रुव थापाले डिष्ट्रिक्टको गतिविधि बारे प्रकाश पार्दै आफ्नो कार्यकालमा आफूले गर्ने कामहरु छोटो समयमै लक्ष्य पूरा हुन लागेको बताए । आफ्नो सफलतामा सबै लायन्सहरुको हात रहेको स्पष्ट पार्दै गभर्नर थापाले लायन्स क्लव जति पवित्र र पारदर्शी संस्था अन्य नभएको दावी गरे । 

२०१४÷१५ की अध्यक्ष केसी र २०१५÷१६ की अध्यक्ष पाण्डेको अध्यक्षतामा कार्यक्रममा सेकेण्ड भिडिजी धनराज आचार्य, क्लवका जोन चियर पर्सन रमेश बहादुर खत्री, सुरेथेश्वर शिवालयका अध्यक्ष मदन बहादुर केसी, क्लवकी कोषाध्यक्ष हीरा भण्डारी लगायतले आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा गभर्नर थापाले लायन्स क्लव अफ दर्पणका उपाध्यक्ष एवं पोखरा उपमहानगरपालिकाका इन्जिनियर सुरेन्द्रपाण्डेलाई लायन्सको गभर्नर पिनद्वारा विशेष सम्मान गरेका थिए  ।

Post a Comment

 
Top