0
पोखराको फिस्टेल अल्ट्रा फ्लाइट्स प्रालिले नियमित उडान पुनः शुरु गरेको छ । मनसुनको कारणले केही समय अपरेशन रोकेको कम्पनीले विशेष छुट सहित उडान सुचारु गरेको फिस्टेल अल्ट्रा फ्लाइट्सका प्रबन्ध निर्देशक पारसराज गौतमले जानकारी दिए । कम्पनीले १५ मिनेट ३० मिनेट १ एक घन्टाको प्याकेजबाट उडान सञ्चालन गरेको छ । हरेक दिन बिहान ६ः३० बजेदेखि ११ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साँझ ५ बजेसम्म पोखरा विमानस्थलबाट उडान सञ्चालन गरिरहेको बताइएको छ । अल्ट्रालाइट उडान सुरु गरेकोे अबसरमा नेपालीका लागि विशेष छुटको ब्यबस्था गरिएकोले यसको फाइदा लिन कंपनीले सबैमा अनुरोध गरेको छ । सुरुमा २ वटा अल्ट्रालाइट जहाजबाट उडान सुरु गरेको फिस्टेलले हाल तीन वटा अल्ट्रालाइटबाट सेवा दिई रहेको छ । ब्रिटेन युकेमा निर्मित जहाज, ब्रिटिस र नेपाली पाइलटले उडाउने, संसारकै सबभन्दा बढी अल्ट्रालाइट बनाउने कम्पनीमा निर्मित अल्ट्रालाइट,पाइलट र यात्रु हेडसेट मार्फत आपसमा कुराकानी गर्न सकिने, अल्ट्रालाइट जहाजको गति उच्च भएकाले थोरै समयमा धेरै दृश्यावलोकन गर्न सकिने लगायतका विशेषताले फिस्टेल अल्ट्रा फ्लाइट्समा पर्यटकको आकर्षण बढेको गौतमले बताए ।


Post a Comment

 
Top